पोखरा । पदयात्रा पर्यटनमा चासो र चर्चा पाएको मध्यपहाडी क्षेत्रको एकमात्र सहस्राब्दी पदमार्ग(मिलेनियम ट्रेक)का विभिन्न स्थानमा विभिन्न पूर्वाधारका काम सम्पन्न भएका छन् ।
तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको यस पदमार्गमा गण्डकी प्रदेश सरकारको रु ५० लाख सहयोग र स्थानीय जनश्रमदान २० प्रतिशत गरी कूल रु ६० लाखको लागतमा काम सकिएको हो ।
कामले गति लिँदै गरेका अस्थामा बन्दाबन्दीले केही समय काम प्रभावित भए पनि प्रदेश सरकारले विकास निर्माणका काम बढाउने निर्णय गरेसँगै बाँकी कामलाई तीव्रताका साथ सम्पन्न गरिएको हो ।
पदमार्गको विकासका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट विनियोजित सो रकम र स्थानीय जनसहभागिता २० प्रतिशतबाट काम बढिरहेका अवस्थामा झण्डै दुई महिना सम्पूर्ण काम ठप्प भएको ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिइ ।
उनले यसअघि नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का अवसरमा न्यूनतम ५० हजार पदयात्री यस पदमार्गबाट हिँडाउने लक्ष्य समेत सार्वजनिक गर्दै प्रवद्र्धन र विकासका कामलाई अघि बढाइएको बताए।
“कोरोनाका कारण समग्र पर्यटकीय क्षेत्र तहसनहस भए पनि चाँडै नै महामारीको अन्त्य भई पूर्ववत् अवस्थामा फर्कनेमा हामी आशावादी छौँ”, उनले भने, “पदमार्ग क्षेत्रका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा पु¥याउनका लागि आधारभूत पूर्वाधार विकास यतिखेर हाम्रो प्राथमिकतामा छ ।”
चालु आर्थिक वर्षमा केही आधारभूत काम सम्पन्न भएको र आगामी आर्थिक वर्षमा पनि अन्य बाँकी कामलाई सङ्घ, प्रदेश एवं स्थानीय तहका सरकारसँगको समन्वय एवं सहकार्यमा अघि बढाउने लक्ष्य रहेको उनले जानकारी दिए ।
पूर्वाधार विकासअन्तर्गत पदमार्गअन्तर्गत पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित ढोर मूलकोट दरबार क्षेत्रलाई तारबारसहित व्यवस्थित गरिएको छ । लगभग ३०० वर्ष पुरानो ढोर मूलकोट दरबारसहित त्यहाँका गढी, त्यहाँस्थित शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घर आदिको भग्नावशेषसमेतलाई संरक्षण गरिएको छ ।
पदमार्गअन्तर्गतकै मिलेनियम गुफाको तारबारलगायतका कामलाई व्यवस्थित गरिएको छ । प्रवेशद्वार, टिकट घर, शौचालय, रेलिङ, गेटजस्ता विभिन्न संरचना निर्माण गरिएको समितिले जनाएको छ । योजनाअन्तर्गत नै समितिले शुक्लागण्डकी–११ राइपुरस्थित जन्तेढुङ्गालाई तारबार गरेको छ । पदमार्ग क्षेत्रका प्रकृतिलाई पर्यटनसँग जोडी आर्थिक समृद्धिका लागि पहल गर्ने प्रयासस्वरुप प्राचीन महत्वको जन्तेढुङ्गालाई घरबास र पर्यटनसँग जोड्न लागिएको हो । समितिले आगामी वर्ष यही स्थानमा ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा मूर्ति कार्यशाला गर्ने तयारी गरेको छ ।
पदमार्ग क्षेत्रकै भीरकोट नगरपालिका–३ स्थित भीरकोट दरबार र वडा नं ७ स्थित देउपूजी ढुङ्गालाई पनि तारबार एवं व्यवस्थित गरिएको सो समितिका सदस्य बालकुमार गुरुङले जानकारी दिए । उनका अनुसार पुतली बजार नगरपालिका वडा नं २ स्थित भैँसेगौँडाको खाँणदेवीको मन्दिर जाने सिँढी बाटोमा रेलिङ निर्माण गरिएको छ । पदमार्गकै कुसुम भञ्ज्याङबाट गहते मनकामना जाने सिँढी बाटो, पुतलीबजार नगरपालिका–९ कोल्मामा चरा एवं वन्यजन्तु अवलोकनस्थललगायतका निर्माण सम्पन्न भएका छन् ।
“सहस्राब्दी पदमार्गले पर्यटन बजारमा चासो र चर्चा पाउन थालेसँगै पदमार्ग क्षेत्रका स्थानीयवासीमा पनि उत्साह थपिएको छ”, मिलेनियम भैसेगौँडा सामूदायिक होमस्टेका अध्यक्षसमेत रहेका उनले भने “पदमार्ग क्षेत्रका ठाउँ ठाउँमा स्थानीय जागरुकतासँगै होमस्टे तथा अन्य होटेल रेष्टुराँ बनाउने क्रमले पनि गति लिएको छ ।”
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: