Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

नेकपाका नेताले भने, पार्टीको विवाद आपसी समझदारीमा हल गर्नुको विकल्प छैन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्रको आन्तरिक विवाद र कलह आपसी समझदारीमा हल गर्नुको विकल्प नभएको बताएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा स्थायी कमिटी सदस्य गणेश साहले पार्टी एकतालाई जोगाउनका लागि पनि नेताहरुले आपसी सहमति कायम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “अहिलेको समस्या हल गर्नका लागि एक व्यक्ति एक पदमा जानैपर्ने हुन्छ, पार्टीभित्रको आन्तरिक विवादका बारेमा पूरा देश र जनतामा चासो र चिन्ता देखिएको छ, सहमतिमा विवाद समाधान गर्न नेताहरुले प्रयत्न गर्नुपर्छ ।”

पूर्वमन्त्री शाहले पछिल्लो समय विवाद समाधानका लागि भइरहेको दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता सकारात्मक रहेको उल्लेख गर्दै अध्यक्षद्वयबीचको वार्ताले आपसी मनमुटाब कम गर्न सहयोग पुगेको बताए । सरकार र पार्टी दुवैलाई प्रभावकारी रुपमा सञ्चालन गर्न पार्टीभित्रैबाट शक्तिशाली उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने उनको भनाइ छ ।

अर्का स्थायी कमिटी सदस्य एनके प्रसाईले भने “अहिले पार्टी फुटाउने काम कसैले पनि गर्नुहुँदैन, दुनियाँ जगत्लाई हसाउनु हुँदैन ।” उनले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने एजेण्डा नभएको तर प्रधानमन्त्रीले मदन जयन्तीमा आफूलाई भारतले हटाउन खोजेको र भारतको उक्त खेलमा नेकपाका नेताहरुको सहभागिता रहेको भनेर दिएको अभिव्यक्तिका कारण नेताहरुले राजीनामा मागेको स्पष्ट पारे। पार्टी एकताका क्रममा गरिएको पाँचबुँदे सहमति पालना गर्नुपर्ने उनको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: