Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

भारतमा रहेका नेपालीको उद्धार जारी

कैलाली । कोरोनाका जोखिमका कारण कैलालीको त्रिनगर भन्सार सिमानाकाबाट स्वदेश भित्रिने नेपालीको उद्धार जारी रहेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोसीले भारतका विभिन्न शहरबाट नेपाली स्वदेश भित्रिने क्रम जारी रहेका जानकारी दिए।

उनले भन्सार नाकाबाट हालसम्म जम्मा ८६ हजार ५०० जना स्वदेश भित्रिएका बताए। “जेठ ११ गतेदेखि २६ गतेसम्म सिमानाका हुँदै भित्रिने नेपालीको सङ्ख्या धेरै भएको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा रहेको छ”, उनले भने, “अहिले दिनमा २०० को हाराहारीमा नेपाली स्वदेश भित्रिरहेका छन् ।”

शुरुका दिनमा सोही नाकाबाट एकै दिनमा छ हजारसम्म पनि भित्रिएका तथ्याङ्क रहेको छ । भारतका धेरैजसो ठाउँमा लकडाउन खुकुलो भई उनीहरुले काम गर्ने अवसर मिलेकाले पनि अहिले भित्रिनेको सङ्ख्या कम रहेको हुनसक्ने अनुमान गरिएको छ ।

स्वाब सङ्कलन जारी

धनगढी उपमहानगरपालिकाले पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन जारी राखेको छ । नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र बेलीमा विभिन्न वडाका क्वारेन्टिन रहेकाको स्वाब सङ्कलन भइरहेको जनाइएको छ ।

कोरोना पोजेटिभ देखिएकालाई उपमहानगरपालिकाले आफ्नै आइसोलेशनमा राख्ने गरेको नगरप्रमुख नृपबहादुर वडको भनाइ छ । “पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ भन्ने हाम्रो शुरु देखिकै माग हो”, उनले भने , “अहिले क्वारेन्टिनमा रहेकाको परीक्षण गर्दै छौँ, सम्भवन भएसम्म नमूनाका रुपमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको पनि गर्नेछौँ ।”

उपमहानगरपालिका कोभिड–१९ उपसमितिका संयोजक नारायणप्रसाद बरालले किटको अभावका कारण चाहेर पनि धेरै व्यक्तिको पिसिआर परीक्षण हुन नसकेको र अब दायरा बढ्ने बताउनुभयो ।स्वास्थ्य अधिकृत लक्ष्मीराज उपाध्यायले विभिन्न क्वारेन्टिनमा रहेका ६५ जनाको स्वाब सङ्कलन सङ्कलन हुने जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending