Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

होटल सङ्घ सौराहाका अध्यक्ष भट्टराईको होटलमा क्वारेन्टिन

चितवन । सौराहाका व्यवसायीले होटललाई क्वारेन्टिनका रुपमा सञ्चालनमा ल्याएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईको होटलमा अहिले विदेशबाट आएका पूर्वी चितवनको जयमङ्गलाका दुई जनालाई क्वारेन्टिनमा राखिएको छ ।

काठमाडौँ, पोखरापछि तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको यस क्षेत्रमा कोरोना सङ्क्रमणअघि पर्यटकले भरिभराउ हुने गरेको थियो । तर कोरोनाका कारण सङ्कटको वर्तमान अवस्थामा सरकारलाई सहयोग गर्दै यहाँका होटलहरु क्वारेन्टिनका रुपमा प्रयोगमा ल्याइएको हो ।

क्षेत्रीय होटल सङ्घले यसअघि सौराहाका होटलहरु क्वारेन्टिनका रुपमा प्रयोग गर्न दिने घोषणा गरेको थियो । सोही घोषणाको प्रतिबद्धता पूरा गर्न र सरकारलाई सहयोग गर्न क्वारेन्टिनका लागि होटल प्रयोगमा ल्याइएको अध्यक्ष भट्टराईले जानकारी दिए। उनले आफ्नै होटलमा भारतको दिल्लीबाट आएका दुई जनालाई राखेर क्वारेन्टिनको सुरुआत गरेको बताए। भट्टराईका अनुसार निजी गाडीमा उनीहरु दिल्लीबाट आएका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनमा शुल्क तिरेर बस्न चाहनेहरुका लागि होटलको व्यवस्था मिलाइएको हो । सौराहाका २६ वटा होटललाई क्वारेन्टिनका रुपमा प्रयोगमा ल्याइनेछ । सङ्घले सरकारलाई यहाँका होटलहरुको विवरण पठाएको थियो ।

सरकारले तोकेको शुल्कअनुसार व्यवसायीहरुले शुल्क लिन पाउनेछन् । सङ्घका अध्यक्ष भट्टराईका अनुसार सौराहामा रहेका होटलहरुको स्तरअनुसार रु दुई हजारदेखि पाँच हजारसम्म दैनिक खर्च लाग्नेछ । सो रकम बराबरमा चियाकफी, नास्ता, बिहान–बेलुका खानाको व्यवस्था हुने उनले बताए। दिनमा एक छाक मासुसहित खाना र एक छाक सादा खाना हुनेछ । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पर्यटकहरु सौराहा आउने गर्दछन् । लकडाउनसँगै सौराहाका सबै होटल व्यवसाय ठप्प छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: