Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

अमेरिकी दूतावास भन्छ, ‘एमसिसी अनुमोदन गर्ने–नगर्ने छनोट नेपालको, तर यस्तो कोष सधैं खुला रहँदैन’

काठमाडौं । अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बाट प्राप्त हुने कोष सधैँ खुला नहुने स्पष्ट पारेको छ । तर, एमसिसी अनुमोदन गर्ने–नगर्ने विषय नेपालको रोजाइमा भर पर्ने पनि अमेरिकाको भनाइ छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा एमसिसी अनुमोदनमा भएको ढिलाइले नेपालमा थप रोजगारी सिर्जना गर्न र दुई करोड ३० लाख नेपालीको आर्थिक वृद्धिमा बढोत्तरी गर्न ढिलाइ भएको पनि टिप्पणी गरेको छ ।

‘५० करोड अमेरिकी डलरको अनुदान स्वीकार गर्ने विषय नेपालको रोजाइमा तय हुनेछ । तर, अहिले संसद्बाट अनुमोदन नभए कोषको उपलब्धता सधैँ खुला नहुन सक्छ, सम्झौताको वैधानिकता कायम राख्ने विषय नेपालको तर्फबाट स्पष्ट प्रतिबद्धता आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ ।

सन् २०१९ भित्र संसद्बाट एमसिसीसम्बन्धी अनुदान सम्झौता अनुमोदन गर्ने सम्झौता भए पनि नेपालको संसद्ले सो सम्झौता अहिलेसम्म अनुमोदन नगरेको पनि अमेरिकी दूतावासले स्मरण गराएको छ ।

‘सम्झौता नेपालको संसद्ले अहिलेसम्म अनुमोदन गरेको छैन भन्नेमा अमेरिका जानकार छ । नेपालले ५० करोड अमेरिकी डलर अनुदान पाउने गरी सन् २०१७ मा भएको सम्झौता सन् २०१९ भित्र अनुमोदन गर्ने प्रतिबद्धता जनाएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

एमसिसी सम्झौताले विद्युत् प्रसारण पूर्वाधार निर्माण र सडक मर्मत गरी नेपालीको ठूलो संख्यालाई रोजगारी मिल्ने अमेरिकी विश्वास छ ।

‘एमसिसीले विश्वभरका ३० देशसँग ३७ वटा सम्झौता गरी १३ अर्ब अमेरिकी डलरबराबरका परियोजना परिचालन गरिरहेको छ, यो अनुदानले लगानी तथा आर्थिक विकासलाई उत्प्रेरित गरी दशौं लाख मानिसलाई गरिबीबाट माथि उठाउन सहयोग गरेका छन् र साझेदार देशका सार्वभौमिकतामा टेवा पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अनुदानका निम्ति योग्य प्रत्येक देशले दोस्रो अनुदानका लागि आग्रहसमेत गरेका छन् । साथै, एमसिसीले एक पटक पुनः पारदर्शितालाई जोड पनि दिँदै आएको छ ।’

नेपाल र अमेरिकाबीच ७३ वर्ष लामो साझेदारीमा दुवैको हित हुने गरी विभिन्न क्षेत्रमा सफल सहकार्य भएको पनि अमेरिकी दूतावासले उल्लेख गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: