Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

महामारीका कारण विश्वभर लागु औषध सेवन गर्ने मानिसको सङ्ख्या बढ्दो

एजेन्सी । कोभिड–१९ महामारीको कारण विश्वभर लागूऔषध सेवन गर्ने मानिसको जनसङ्ख्या बढेको संयुक्त राष्ट्र संघीय कार्यालयको एक रिपोर्टमा बताइएको छ ।

लागु औषध तथा अपराध नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (युएनओडीसी) का कार्यकारी निर्देशक गडा वालाईले भने, “कोभिड–१९ महामारीका कारण् हाम्रो स्वास्थ्य र सामाजिक प्रणालीहरू समस्यामा पुगेका छन् र हाम्रा समाजहरू यसको सामना गर्न संघर्ष गरिरहेका छन् । यस अवस्थामा आर्थिक मन्दीले लागु औषध दुब्र्यसनीको दरलाई अझ जटिल बनाउने खतरा रहेको छ ।”

युएनओडीसीद्वारा हालै जारी ‘वल्र्ड ड्रग रिपोर्ट’मा भनिएको छ, “सन् २०१९ मा करिब २६ करोड ९० लाख मानिसहरूले लागु औषध प्रयोग गर्ने गरेका भेटिएको छ, जुन सन् २००९ को भन्दा ३० प्रतिशत बढी हो । साथै लागु औषध सेवनका कारण तीन करोड ५० लाख भन्दा बढी मानिसको स्वास्थ्यमा समस्या हुने गरेको छ ।”

सन् २०१८ को रिपोट अनुसार संसारमा सबैभन्दा बढी प्रयोग भएको लागु औषध गाँजा हो । विश्वमा अनुमानित १९ करोड २० लाख व्यक्तिले गाँजाको सेवन गर्ने गर्दछन् । गाँजाको दुब्यशनीका कारण करिब ७१ प्रतिशत व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् ।

गाँजापछि धेरै प्रयोग हुने अफिम सबैभन्दा हानिकारक लागु औषधका रूपमा रहेको छ ।

सीमा नियन्त्रण र महामारीसँग सम्बन्धित अन्य प्रतिबन्धहरूले गर्दा सडकमा लागूपदार्थको अभाव भएको छ र मूल्य बढेको छ र शुद्धता घटेको रिपोर्टमा उल्लेख गरिएको छ ।

कोभिड–१९ को महामारीले लागु औषधहरूको बजारमा अभाव पनि देखिएको छ र यसको विकल्पमा ती पदार्थको सेवनकर्ताले सहजै पाइने रक्सी, बेन्जोडाइजेपाइन वा सिन्थेटिक औषधिहरू प्रयोग गर्नसक्ने बताइएको छ ।

महामारीको कारण हुने अवसरहरूले सबैभन्दा बढी गरिब जनसङ्ख्यालाई पार्ने र पैसा कमाउनको लागि उनीहरू लागूपदार्थको प्रयोग, लागुपदार्थको तस्करी र खेतीमा आकर्षण हुने बढी जोखिममा रहेको युएनओडीसीले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending