भीमदत्तनगर । कञ्चनपुरको लालझाडी गाउँपालिकाका कोरोना सङ्क्रमित स्वास्थ्यकर्मी सङ्क्रमणको बाह्रौ दिन निको भएका छन् । यहाँका क्वारेन्टाइनमा खटिएका सो गाउँपालिका–२ कञ्जका ३२ बर्षीया उनीले होम क्वारेन्टाइनमै बसेर कोरोना जितेका हुन ।
“संक्रमण पुष्टि भएपछि घरमै बसेर तातोपानी, बेसार, अण्डा लगायतका बस्तुहरु उपभोग गरिरहेको थिए ।” उनले भने–“हिजो पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।”
शंकरपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याप असिष्टेन्ट पदमा कार्यरत स्वास्थ्कर्मीले श्याम रानाले दोस्रो पटक पीसीआर विधिबाट कारोना परीक्षण गराउने बताए । “दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि काममा फर्किने योजनामा छु ।” उनले भने–“कोरोना समाज चिन्ने रोग रहेछ भन्ने अनुभव भयो ।”
उनले सङक्रमण देखिँदा गाउँलेहरुको आफू र आफ्नो परिवारप्रति नै विभेदमा उत्रिएको दुखेसो पोखे । “अरुबेला गाउँमा सानो समस्या पर्दा गाउँलेहरु घरमा आएर गुहार माग्थे ।” उनले भने–“कोरोना लागेको थाहा पाएपछि मेरो परिवारसंँग बोल्न छाडे ।”
गाउँमा रहेको सार्वजनिक धारामा गाउँलेहरुले आफ्नो परिवारलाई पानी समेत लिन जान रोक लगाएको उनको गुनासो छ । “रोग भन्दा पनि समाजले गरेको विभेद बढी पीडादायी भयो ।” उनले भने–“फोनबाट हालखबर सोध्नसम्म मन गरेनन् ।”उनले होम क्वारेन्टाइनमा बसिरहँदा कुनैखालको लक्षण नदेखिएको बताए । “दुई दिनअघि म आफै एम्बुलेन्स लिएर परीक्षणका लागि धनगढी गएको थिए ।” उनले भने–“कोरोना जित्ने औषधी नै उच्च मनोबल रहेछ ।”
गाउँपालिकाका अन्य कोरोना सङक्रमितहरुको पुनः कोरोना परीक्षण हुन सकेको छैन । कोभिड–१९ कञ्चनपुरका सम्र्पक व्यक्ति सिद्धराज भट्टले कञ्चनपुरमा २०३ जना सङक्रमित रहेको बताए । संक्रमित मध्ये पाँच जना स्वास्थ्यकर्मी रहेको उनको भनाइ छ । “पुर्नबासमा देखिएका दुई जना स्वास्थ्यकर्मीहरु अस्पतालबाट फर्किएर होम क्वारेन्टाइनमा छन ।” उनले भने–“ दुई जना बेदकोट नगरपालिकामा सङक्रमित देखिएका स्वास्थ्यकर्मीको महाकाली अस्पतालमा उपचार हुदैछ ।” उनले सङ्क्रमितहरु सबैको अवस्था सामान्य रहेको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार साझँसम्म सुदूरपश्चिममा एक हजार पाँच सय ३२ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । “लक्षण नदेखिएका सङक्रमितहरु होम क्वारेन्टाइनमा रहेपनि स्वास्थ्यकर्मीहरुसित समन्वयमै छन् ।” निर्देशनालयका निर्देशक डा। गुणराज अवस्थीले भने–“लक्षण देखिए अस्पतालमा उपचार गराउने पछिल्लो योजना छ ।”
त्यसैगरी यहाँ १७६ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । सङ्क्रमित मध्ये एक हजार २६४ पुरुष र २६८ महिला रहेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: