काठमाडौं । भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्न र यसलाई निसान छापमार्फत संविधानको अंग बनाउन दलहरूले अभूतपूर्व एकता देखाएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका सबै दलहरूलाई धन्यवाद दिएकी छिन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई बोलाएर भण्डारीले राष्ट्रिय सवालमा एकता देखाएकोमा खुसी व्यक्त गरेकी हुन् ।
‘नयाँ नक्सा जारी गर्ने र संविधान संशोधन गर्न संसद्मा राजनीतिक दलहरूबीच अभूतपूर्व एकता प्रकट भएकोमा राष्ट्रपतिले खुसी व्यक्त गर्न र धन्यवाद दिन संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई बोलाउनु भएको थियो,’ राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘देशका जल्लाबल्दा विषयमा दलहरूबीच सहकार्य र एकता हुन सके देशले आर्थिक समृद्धि हासिल गर्न सक्ने उहाँको भनाइ थियो ।’
छलफलमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले पनि राष्ट्रिय विषयमा दलहरूले एकता देखाएको भन्दै राष्ट्रपतिले धन्यवाद दिएको जानकारी दिए ।
‘भारतद्वारा अतिक्रमित नेपाली भूभागलाई समेटेर नेपालले नक्सा सार्वजनिक गर्ने, निसान छाप बनाउने र संविधान संशोधन गरी यसको अंग बनाउने विषयमा राजनीतिक दलहरूले राष्ट्रिय एकता देखाएकोमा धन्यवाद दिन राष्ट्रपतिले बोलाउनु भएको रहेछ,’ केसीले नयाँ भने, ‘राष्ट्रिय सवालमा देशभरका दल एकजुट भएकोले बधाई दिन बोलाएको हुँ । राष्ट्रिय अखण्डताको पक्षमा यसरी दलहरूले एकता देखाउँदा राष्ट्रियता झन् बलियो हुँदै जान्छ भन्ने उहाँको कुरा थियो ।’
भारतले अतिक्रमित गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि केही समयअघि संसदमा सर्वसम्मत रूपमा संशोधनको प्रस्ताव पास भएको थियो । नयाँ नक्सालाई संविधानको अंग बनाउने गरी संसद्ले सर्वसम्मतिमा पारित गरेपछि राष्ट्रपतिले पहिलोपटक संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई बोलाएर खुसी व्यक्त गर्दै धन्यवाद दिएकी हुन् ।
नयाँ नक्सा जारीप्रति राष्ट्रपतिले खुसी व्यक्त गरे पनि सामूहिक भेटमा कुनै पनि नेताहरूले प्रतिक्रिया नराखेको नेकपाका नेता झलनाथ खनालले जानकारी दिए । ‘राष्ट्रपतिले बोल्नुभयो, तर दोहोरो संवाद भएन,’ खनालले भने, ‘आधा घन्टाजति बसेपछि चिया खाएर फर्किर्यौँ ।’ भेटमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले पनि नक्साका विषयमा राष्ट्रपतिको वक्तव्यभन्दा अरू संवाद नभएको जानकारी दिए ।
छलफलमा प्रधानमन्त्री केपी ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, सभामुखसहित नेकपा, कांग्रेस, राजपा, संघीय समाजवादीसहित राजनीतिक दलबाट शीर्ष नेताहरू सहभागी थिए । लकडाउनको तीन महिनायता राष्ट्रपतिले दलका नेताहरूलाई सामूहिक रूपमा बोलाएको यो पहिलो पटक हो ।
राष्ट्रपतिले कोरोना महामारीको जोखिममा सबै पक्षको सहयोगको सराहना गरेकी थिइन् । कोरोनाको महामारी फैलिँदा सरकार, राजनीतिक दल, प्रदेश, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको कामप्रति राष्ट्रपतिले सराहना व्यक्त गरेको स्वकीय सचिव अधिकारीले जानकारी दिए ।
कोरोनालाई परास्त गर्न सबैलाई सहयोग गर्न उनले आग्रह पनि गरेकी थिइन् । काठमाडौं उपत्यकालगायत सहरहमा प्रदूषण, वातावरण विनाशप्रति राष्ट्रपतिले चिन्ता जनाएकी थिइन् । नदी प्रणालीलाई सुदृढ बनाएर वातावरणीय सन्तुलन कायम गराउन आग्रह गरेकी थिइन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: