Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

‘एमसीसी छल्न’ संसद् बैठक धकेलियो, सभामुखसँग सरकार असन्तुष्ट

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको मिति टार्न सभामुख अग्नि सापकोटाले संसद् बैठक एक साता पर सारेको भन्दै सरकार असन्तुष्ट बनेको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ -उक्त सम्झौता असार १६ गतेभित्र संसद्बाट अनुमोदन भइसक्नु पर्नेछ । तर, सभामुख सापकोटाले १७ गतेसम्म संसद् बैठक स्थगन गरेका छन् । प्रमुख सचेतक देव गुरुङको सल्लाहमा सभामुख सापकोटाले एमसीसी सम्झौताको मिति टार्न बैठक पर सारेको सरकारको आरोप छ ।

‘सरकारसँग सल्लाहै नगरी सभामुखले बैठक सार्नुभयो’, एक मन्त्रीले भने, ‘एमसीसी सम्झौता अनुमोदनका विषयमा पार्टीमा यत्रो छलफल भइरहेका बेला सभामुखले एकाएक एक साता पर बैठक सार्नु भएछ ।’

एमसीसीबारे छलफल गर्न बुधबार पार्टीको स्थायी समिति बैठक बोलाइएको विषयलाई ख्यालमा नराखी सभामुखले बैठक स्थगन गरेको प्रधानमन्त्री केपी ओलीनिकट नेता बताउँछन् । ‘खै, हामीसँग सल्लाहै भएन’, ओली निकट एक नेताले भने, ‘सभामुख र प्रमुख सचेतकजीलाई थाहा होला ।’

सभामुखको सचिवालय भने एमसीसी छल्नलाई बैठक नसारेको बताउँछ । यसबीच पारित भएका बजेटसम्बन्धी विधेयक प्रमाणित गर्न र १५ गते धान दिवस परेकाले १७ गते बैठक तोकिएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रमुख सचेतक गुरुङले भने बैठक तोक्ने सभामुखको क्षेत्राधिकार भएको र संसद्बाट एमसीसी पारित गर्नै पर्ने संवैधानिक र कानुनी बाध्यता नभएको बताए । अन्तर्राष्ट्रिय कानुन, मुलुकको संविधान र कानुनअनुसार एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्नुपर्ने आवश्यकता नभएको गुरुङको दाबी छ ।

‘संसद् बैठक तोक्ने र स्थगन गर्ने सभामुखको क्षेत्राधिकार हो’, उनले अन्नपूर्णसँग भने, ‘अहिले बैठक बस्नुपर्ने र हतारो गर्नुपर्ने कुनै एजेन्डा संसदमा छैन । त्यही भएर १७ गतेसम्म स्थगन गरिएको हो ।’ अमेरिकाको एउटा कम्पनीसँग एमसीसी सम्झौता गरिएको दाबी गर्दै उनले भने, ‘यसमा न अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन्छ न त हाम्रो संविधानले नै अनुमोदन गर्ने व्यवस्था गरेको छ ।’

उनले संविधानको धारा २७९ ले शान्ति र मैत्री, सुरक्षा एवं सामरिक सम्बन्ध, नेपाल राज्यको सिमाना र प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँटको सन्धि वा सम्झौता मात्र संसद्ले अनुमोदन गर्ने व्यवस्था गरेकाले एमसीसीलाई अनुमोदन गर्नुपर्ने आवश्यकता नरहेको दाबी गरे ।

प्रधानमन्त्री केपी ओलीले एमसीसीलाई संसद्को निर्णय प्रक्रियामा लैजान पटक–पटक सभामुख सापकोटासँग आग्रह गरेका छन् । सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि सांसदहरूका प्रश्नका जवाफ दिने क्रममा पनि प्रधानमन्त्री ओलीले एमसीसी सम्झौता सभामुखले संसद्को निर्णय प्रक्रियामा लैजाने विश्वास रहेको बताएका थिए । संसदमा दर्ता भइसकेको एमसीसी सम्झौता निर्णय प्रक्रियामा लैजाने सभामुखको क्षेत्राधिकार भएको प्रधानमन्त्री ओलीले बताउँदै आएका छन् ।

विश्वव्यापी कोरोेना महाव्याधिका कारण लकडाउनबीच वैशाख २६ मा संसद् अधिवेशन सुरु भएको थियो । अधिवेशनका मुख्य कार्यभार नीति तथा कार्यक्रम, बजेट र संविधान संशोधन विधेयक पारित गरेको संसद्का पदाधिकारी बताउँछन् । नागरिकता संशोधन विधेयक, विशेष सेवा र लोकसेवाजस्ता केही विधेयक पारित गरेपछि संसद्को बिजनेस सकिने र अधिवेशन अन्त्य गरिने उनीहरूको भनाइ छ ।

जेठ १५ गते बजेट सार्वजनिक गर्नैै पर्ने संवैधानिक बाध्यता थियो । दुवै सदनले बजेट पारित गरिसकेकाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउन मात्र बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बजेट र आ िश्रत विधेयकलाई प्रमाणित गर्नुपर्ने भएकाले संसद् अधिवेशन १७ गतेसम्म स्थगन गरिएको हो । लिम्पियाधुरासहितको नक्सा संविधानको अनुसूचीमा सच्याउन संविधान संशोधन विधेयक भने राष्ट्रपतिबाट प्रमाणीकरण भएर लागू भइसकेको छ ।

‘बाँकी रहेका सबै बिजनेसहरु छिटो–छिटो पारित गरेर अधिवेशन अन्त्य गर्नुपर्ने पक्षमा सरकार छ’, कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले भनिन्, ‘कोरोना फैलिँदो क्रममा रहेकाले जोखिम बढ्ने देखिन्छ ।’

सांसदहरूको स्वास्थ्य परीक्षण गरी बैठक सञ्चालन गरिए पनि यस बीचमा केही सांसद जिल्ला जाने–आउने गरेकाले धेरै समय संसद् लम्ब्याउन नहुने निष्कर्षमा सरकार पुगेको मन्त्री तुम्बाहाङफेले बताइन् । सभामुख सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनालाई भेटेर केही सांसदले कोरोनाको जोखिम बढेको भन्दै संसद् नलम्ब्याउन आग्रह गरिसकेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: