Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

‘स्वास्थ्यमन्त्री र विज्ञ सल्लाहकारले अख्तियारको दुरुपयोग गरे’

काठमाडौं। ओम्नी ग्रुपसँगको स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र विज्ञ सल्लाहकार डा. खेम कार्कीले अख्तियारको दुरुपयोग गरेको पाइएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - सार्वजनिक लेखा समितिले विभागीय प्रमुखले खरिद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र विज्ञ सल्लाहकार डा. खेम कार्कीले सक्रिय भूमिका निर्वाह गरेको बताएको हो ।

सार्वजनिक खरिद ऐन २०६३ ले विशेष परिस्थितिमा आवश्यक सामग्री खरिद गर्न सक्ने अधिकार स्वास्थ्य सेवा विभागको महानिर्देशक र मन्त्रालयका अख्तियार प्राप्त अधिकारीलाई दिएकामा मन्त्री र उनका सल्लाहकार संलग्न हुनुले अनियमितता हुनुको पुष्टि गरेको सांसदहरूको दाबी छ ।

समिति सदस्य विरोध खतिवडाले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकारलाई वार्ता टोली संयोजक बनाएर जिम्मेवारी दिएकामा प्रश्न गर्दै भने, ‘सबै हेर्दा गैरसरोकारवाला व्यक्तिलाई संयोजक बनाएर २४ घण्टाभित्र सबै प्रक्रिया पूरा गरेको देखिन्छ । जिम्मेवार नभएका व्यक्तिलाई यसरी जिम्मेवारी दिन कुन ऐनले मिलेको हो ?’

मन्त्रीका लागि विज्ञ सल्लाहकार नियुक्त भएको व्यक्ति खरिद सम्झौतामा सक्रिय हुने गरी वार्ता कमिटीको संयोजक हुनु नै अख्तियारको दुरुपयोग भएको दाबी गरेका हुन् ।

समिति सदस्य प्रदीप यादवले ओम्नीसँग स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्यमन्त्री, मन्त्रीका सल्लाहकार, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको पनि संलग्नता रहेको बताए ।
समिति सभापति भरतबहादुर शाहका अनुसार स्वास्थ्य सामग्री खरिद प्रकरणका सन्दर्भमा केही दिनमै छलफलका लागि समितिमा आवश्यकता हेरेर स्वास्थ्य मन्त्रीलाई समेत बोलाइने बताए ।

सार्वजनिक लेखा समितिको प्रारम्भिक प्रतिवेदनले स्वास्थ्य मन्त्रालयले बजेटको स्रोत यकिन नगरी तथा लागत अनुमान तयार नगरी सिधै प्रस्ताव माग गरेर खरिद प्रक्रिया अघि बढाएको देखिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: