काठमाडौं। बिसिजी खोप लगाएका देशमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदर कम भएको विभिन्न अनुसन्धानले देखाइरहेका वेला नेपालमा भने ठूलो संख्यामा बालबालिका बिसिजी खोपबाट वञ्चित भएका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सरकारी तथ्यांकअनुसार कोरोना संक्रमण सुरु भएयता ३२ हजारभन्दा बढी बालबालिकाले बिसिजी खोप लगाउन पाएका छैनन् ।
लकडाउन सुरु भएसँगै बिसिजी खोपमा ठूलो असर परेको छ । परिवार कल्याण महाशाखाका अनुसार चैत महिनामा १२ हजार बालबालिकाले मात्रै बिसिजी खोप पाएको तथ्यांक छ । शिशु जन्मनासाथ बिसिजी खोप लगाउने गरिन्छ । यसले क्षयरोग (टिबी) का साथै भाइरल ज्वरो, श्वासप्रश्वासलगायत अन्य थुप्रै संक्रमणसँग जुध्ने र शरीरको प्रतिरोधी क्षमतालाई मजबुत बनाउने काम गर्छ ।
बेलायत र अमेरिकी अनुसन्धानकर्ताले गत चैतमा बिसिजी (बासिल क्याल्मेट गुएरिन) खोप नलगाउने देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको दर धेरै रहेको तथ्य पत्ता लगाएका थिए ।
‘यद्यपि बिसिजी खोपले कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युलाई रोक्ने र संक्रमणलाई कम गर्छ भन्ने यकिन भइसकेको छैन,’ परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले भने ।
क्षयरोगविरुद्ध दिइने यो खोप धेरैजसो देशमा सरकारी मापदण्डभित्र समावेश गर्दै अनिवार्य नै गरिएको छ । तर, नेपालमा कोरोना सुरु भएयता बिसिजी खोपको दायरा बढ्नुपर्नेमा आश्चर्यजनक रूपमा घटेको छ । गत वर्षको चैतमा ४५ हजार बालबालिकाले बिसिजी खोप लिएका थिए । तर, यो चैतमा खोप लिनेको संख्या घटेर १२ हजार सात सय ८५ मा झरेको छ ।
डा. गौतमका अनुसार नेपालमा चल्ने ११ वटा नियमित खोपमा बिसिजीको कभरेज सबैभन्दा राम्रो थियो । उनले भने, ‘तर, अहिले लकडाउनले खोप पाउने दर घटेको छ ।’ उनका अनुसार चैत र वैशाखको कभरेज ३० प्रतिशत मात्रै रहेको छ । ‘अहिले पुनः नियमित खोप सेवा सुरु गरेका छौँ । यसले खोपको कभरेजलाई बढाउँदै लैजानेछ,’ उनले भने ।
खोप छुटेका बालबालिकामा रोगको जोखिम उच्च खोपहरूमध्ये निकै महत्वपूर्ण मानिएको बिसिजी प्रत्येक वर्षको दुई या तीन महिनाका बालबालिकालाई लगाउने गरिन्छ । दुई वर्षदेखि लगातार जेठ र असारमा बिसिजीको खोप अभाव हुँदै आएको छ । खोप अभावले ती महिनामा खोप चल्न सकेको छैन ।
डा. गौतमका अनुसार एक वर्षमुनिका बालबालिकामा जटिलखालको टिबी हुन सक्छ । बिसिजी खोप नलगाएका बालबालिकामा मिलियरी टिबी र टिबी म्यानेन्जाइटिस जस्ता गम्भीरखालको क्षयरोग पनि हुन सक्छ । यस्ता रोग लागेमा बालबालिकाको मृत्यु समेत हुने उनले बताए ।
देशभर बिसिजीको सात लाख भ्याक्सिन आवश्यक पर्छ । करिब ६ लाख बालबालिकाले प्रत्येक वर्ष बिसिजी खोप लगाउँछन् । खोप शाखाका खोप सुपरभाइजर भरत भण्डारीका अनुसार जिल्लासम्म भ्याक्सिनको वितरण राम्रो भए पनि स्थानीय तहहरूमा व्यवस्थापनमा पारदर्शी नहुँदा अभाव हुने गरेको छ ।
बिसिजी खोप लगाउन छुटेका बच्चाहरू रोगका हिसाबले उच्च जोखिममा पर्ने गरेको सुपरभाइजर भण्डारीले बताए । ‘जति छिटो खोप दिन सक्यो त्यति जोखिम कम हुन्छ,’ उनले भने । सानो उमेरमा लगाएको खोपले ठूलो भएपछि फोक्सोमा लाग्ने टिबीबाट बचाउन मद्दत गर्छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: