Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

नेपालको अभिमत बुझेर भारतले वार्ताको ढोका खोल्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्शा राष्ट्रिय सहमतिका आधारमा नेपालको संविधानमा समावेश भइसकेको कुरा बुझेर छिमेकी मुलुक भारतले वार्ताको ढोका खोल्नुपर्ने बताएका छन् । मन्त्री ज्ञवालीले आज अपराह्न मन्त्रालयमा सञ्चारमाध्यमसँग कुरा गर्दै नेपाल र भारतबीच सम्बन्धका अनेकौँ आयाम रहेको, यी दुवै मुलुक चिरकालदेखि सुःखदुःखको साथी रहेको र घनिष्ठ सम्बन्ध रहिआएकाले कुनै एउटा खास विषयले मात्र सम्बन्धको आयामलाई फरक पार्न नहुने विचार व्यक्त गरे।

सन् १९६२ को चीन भारत युद्धपछि भारतबाट अतिक्रमण गरी सैनिक राखिएको नेपालको सो भूभाग समेटेर नेपाल सरकारले तयार गरेको नयाँ नक्शा अनुकूलको निशाना छापसमेत नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७ संघीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित भई यही असार ४ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । सो संशोधन नेपाल राजपत्रमा समेत प्रकाशन भइसकेको छ र निशान छाप संविधानको अनुसूची ३ मा राखिएको छ ।

मन्त्री ज्ञवालीले इतिहासले छाडेको नासो र नसुल्झिएको सीमा विवाद समाधान गर्न दुवै देशका प्रधानमन्त्रीबीच भएको सहमतिका आधारमा यसअघि नै परराष्ट्र सचिवस्तरको संयुक्त आयोगको बैठक बस्न सकेको भए यो समस्या यस रूपमा नआउने पनि स्पष्ट गरे।

दुवै देशले पारस्परिक सम्बन्धलाई एक्काइसौंँ शताब्दीअनुकूल विस्तार गर्ने कार्यादेशसहित प्रबुद्ध व्यक्तिको समूह गठन गरेर प्रतिवेदन तयार गरिएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, “कस्ता कस्ता जटिल समस्या त वार्ताबाट समाधान भएका छन् भने अहिलेको सीमा समस्या असल नियतका साथ वार्ताबाट समाधान गर्न नसकिने होइन । संवादका लागि हामीले निरन्तर प्रयास गरेका छौंँ र भारतीय पक्षको सार्थक जवाफको प्रतीक्षामा छौँ ।”

भारत सरकारले सन् १८१६ को सुगौली सन्धिविपरीत नेपालका ती भूभागलाई आफ्नो नक्शामा पारेर गत कात्तिकमा नयाँ नक्शा जारी गरेपछि नेपाल सरकारले लिखित असहमति जनाएको थियो । पछिल्लो समय भारतले एकतर्फी रूपमा नेपाली भूभागमा चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेपछि नेपालले गम्भीर आपत्ति जनाउँदै समस्याको टुंगो लगाउन वार्तामा आउन गरेको आग्रहमा भारत सरकारबाट औपचारिक जवाफ आएको छैन ।

मन्त्री ज्ञवालीले नेपालले सुगौली सन्धि र पूरक सन्धिमा उल्लेख भएअनुसार ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नयाँ नक्शा जारी गरेपछि भारतसँग वार्ताका लागि विभिन्न निकायमा छरिएर रहेका महत्वपूर्ण प्रमाण एवं कागजात संकलन गरी क्रमबद्ध रूपमा मिलाएर राख्न प्रमाण संकलन समिति गठन गरिएको जनाउँदै समितिभन्दा बाहिर रहेका विज्ञसँग पनि सुझाव र परामर्श लिइने स्पष्ट गरे। उनले दुई देशका औपचारिक लिखतबाहेक अरू कुनै पनि प्रकारका प्रबन्धले अन्तरराष्ट्रिय सीमा परिवर्तन गर्नै नसक्ने बताए ।

मन्त्री ज्ञवालीले पछिल्ला समयमा भारतीय रक्षामन्त्रीको प्रतिक्रिया सकारात्मक रहेको उल्लेख गर्दै दुई देशबीच वर्तमान सरकार बनेयता कतिपय पक्षमा विकास साझेदारीका काम सन्तोषजनक रूपमा अघि बढेको र कुनै एक समस्याले सम्बन्धका विविध आयाममा प्रभावित पार्दैन भन्ने स्पष्ट भएको जनाए ।

विश्व इतिहासमा कुनै देशको अधीनमा नरहेका अतिसीमित संख्याका देशमा पर्ने नेपालले आफ्नो सार्वभौमिकताको रक्षाजस्तो विषयमा स्वतन्त्र रूपमा प्रस्तुत हुन सक्ने भएकाले यसमा अन्य कुनै देशलाई जोड्नु आवश्यक नभएको स्पष्ट गर्दै ज्ञवालीले भने, “त्यसरी कतै जोडिदिनुको अर्थ नेपालको स्वाभिमानमा आँच ल्याउन खोज्नु हो, त्यसैले हामी त्यस्ता प्रयासलाई इन्कार गर्छौँ । यस्ता समस्या बल्झाउँदा विश्वशक्तिका रूपमा उदाउन खोजिरहेका मुलुकका लागि हितकर हुँदैन ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending