Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

छापा पत्रकारिता लोप हुने अवस्थामा : अध्यक्ष श्रेष्ठ

सिन्धुपाल्चोक । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले छापा पत्रकारिता ‘डाइनोसर’ बन्ने अवस्थामा पुगेको बताएका छन्।

सिन्धुपाल्चोकको चौतारामा आज प्रेस काउन्सिल नेपालले आयोजना गरेको साहित्यक पत्रकारिता र पत्रकार आचारसंहिता कार्यक्रममा उनले अहिले मौलाइरहेको विद्युतिय सञ्चारमाध्यमका कारण छापा पत्रकारिता लोप हुने अवस्थामा पुगेको बताए।

“अहिले युट्युब यसरी फस्टाइरहेका छन् कि जसले गर्दा छापा पत्रकारिता उठ्न नसक्ने अवस्थामा पुगेको छ”, श्रेष्ठले भने, “पत्रकारहरुले तलब पाएनन् भनेर आत्महत्यासम्म गर्न बाध्य भएका उदाहरण छन् ।” सोका कारण छापा माध्यमका पत्रकारले आफुले ‘अपग्रेड’ गर्न जरुरी रहेको उनले बताए ।

विभिन्न कारणले गर्दा नेपालको विज्ञापन बजार ओरालो लाग्दै गरेका कारण सञ्चार क्षेत्र समस्यामा परेकाले अबको पत्रकारिता रगत र पसिना बगाएर गर्नुपर्ने श्रेष्ठको तर्क थियो । साहित्यिक पत्रकारिताको कुरा गर्दै उनले जेनतेल चलिरहेको बताए।

“साहित्यलाई कसैले चासो नदेखाउँदा जेनतेन चलिरहेको छ”, उनले भने, “काउन्सिलले साहित्यिक पत्रकारिताको वर्गीकरण गरी केहि हदसम्म सहयोग गरेका कारण अलि सहज बनेको छ ।” कार्यक्रममा प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारी, चेतनाथ धमलाले साहित्यिक पत्रकारिताको विषयमा चर्चा गरेका थिए।

सिन्धुपाल्चोकमा साहित्यिक पत्रकारिता गरिरहेका केशवलोचन शर्मा, अमित घिमिरेलगायतले जिल्लाको साहित्यिक पत्रकारिताका बारेमा धारणा राखेका थिए । कार्यक्रममा दुःखी प्रकाशनले प्रेस काउन्सिल र काउन्सिलका पदाधिकारीलाई मायाको चिनो प्रदान गरेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: