एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी निर्वाचनमा जित सुनिश्चित गर्न चिनियाँ राष्ट्रपति सी जिन्पिङको सहयोग लिने प्रयास गरेको भूतपूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले लेखेको नयाँ पुस्तकमा दाबी गरिएको छ।
उक्त पुस्तकमा बोल्टनले अमेरिकी किसानहरूद्वारा उत्पादित कृषि उत्पादन चीनले किनोस् भन्ने ट्रम्पले चाहेको उल्लेख गरेका छन्।
संवाददाताहरूका अनुसार पछिल्लो प्रकरणले ती कामहरू सम्झाउँछ जसका कारण ट्रम्पमाथि महाभियोग लगाइएको थियो।
ट्रम्प प्रशासनले उक्त पुस्तकको प्रकाशन रोक्न चाहेको छ। अमेरिकी न्याय मन्त्रालयका अनुसार पुस्तकमा गोप्य सूचना समावेश गरिएको छ।
\'द रुम ह्वेर इट ह्यापन्ड\' नामक पुस्तक जुन २३ तारिखमा सार्वजनिक हुँदैछ।
गत ज्यानुअरी महिनामा ह्वाइट हाउसले उक्त पुस्तकमा एकदमै गोप्य विवरणहरू रहेको र त्यो हटाइनुपर्ने बताएको थियो। तर बोल्टनले त्यसलाई अस्वीकार गरेका थिए।
गत ज्यानुअरी महिनामा डेमोक्र्याटिक दलका तर्फबाट राष्ट्रपतीय निर्वाचनका सम्भावित प्रतिद्वन्द्वी जो बाइडन र उनका छोरा हन्टर बाइडनमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान शुरू गर्न युक्रेनलाई दबाव दिएको विवरण सार्वजनिक भएपछि ट्रम्पविरुद्ध महाभियोग लगाउनका लागि प्रक्रिया सुरु गरिएको थियो।
ट्रम्पले आफू विरुद्धका आरोपहरू अस्वीकार गरेका थिए। रिपब्लिकन दलको पकडमा रहेको सिनेटमा दुई हप्ता लामो अनुसन्धानपछि उनलाई आरोप मुक्त गरिदिएको थियो।
ट्रम्प रिपब्लिकन दलबाट राष्ट्रपति निर्वाचित भएका हुन्।
उक्त अनुसन्धान युक्रेनमा मात्रै सीमित नभएर राजनीतिक हस्तक्षेपका अन्य उदाहरणहरू पनि हेरिएको भए त्यसको नतिजा फरक हुन सक्ने बोल्टनले बताएका छन्।
उनले सन् २०१८ को एप्रिल महिनामा ह्वाइट हाउसमा पद सम्हालेका थिए। करिब डेढ वर्षपछि उनले राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट राजीनामा दिने निर्णय गरेका थिए।
तर ट्रम्पले भने आफू बोल्टनसँग असहमत रहेका कारण उनलाई पदबाट बर्खास्त गरेको गरेको बताएका थिए।
गत वर्ष जापानमा जी-२० अर्थात् विश्वका २० प्रमुख अर्थतन्त्रहरूको सम्मेलनका बेला ट्रम्प र सीबीच कुराकानी भएको थियो।
त्यस बेला चीनका केही अमेरिकी आलोचकहरू नयाँ शीतयुद्धको पक्षमा देखिएको गुनासो गरेको द न्यूयोर्क टाइम्स पत्रिकामा प्रकाशित उक्त पुस्तकको एउटा अंशमा उल्लेख गरिएको छ।
सीको उक्त गुनासो विपक्षी डेमोक्याटरूप्रति लक्षित रहेको ट्रम्पले अनुमान गरेको बोल्टनले बताएका छन्।
\'ट्रम्पले आश्चर्यजनक रूपमा उक्त कुराकानी सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनतर्फ मोडे र चीनको आर्थिक क्षमतातर्फ लक्षित गर्दै सीसँग आफ्नो जित सुनिश्चित गरिदिन आग्रह गरे,\' बोल्टनले भने।
तर बुधवार साँझ अमेरिकाका व्यापार मामिलासम्बन्धी प्रतिनिधि रोबर्ट लाइटहाइजरले भने बोल्टनले बताएभन्दा फरक मत राख्दै निर्वाचनमा सहयोगबारे आग्रह कहिल्यै नभएको बताए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: