Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

२०४६ पछिका उच्च राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्छ : मन्त्री कार्की

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विसं २०४६ पछिका उच्च राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन्।

प्रेस सङ्गठन मोरङले ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका र उठेका सवाल’ विषयक शनिबार आयोजित अन्तक्र्रियामा उनले प्रदेश सरकारले कोभिड नियन्त्रणमा गरेको रु १७ देखि १८ करोड खर्चको विवरण चाँडै सार्वजनिक गर्ने बताए। त्यसभन्दा अगाडि उच्च राजनीतिक तहको सम्पत्ति र भूकम्पमा भएको खर्चको विवरणसमेत सार्वजनिक गर्न दबाब दिनका लागि ‘सुशासनका लागि युवा अभियान’लाई उनले आग्रह गरे।

मन्त्री कार्कीले स्वास्थ्यकर्मीको विज्ञहरुको टोलीको सुझावअनुसार काम भइरहेको उल्लेख गर्दै सरकारले आगामी दिनमा ४० हजार बढीको स्वाब (पिसीआर) परीक्षण गर्ने जानकारी दिए। मन्त्री कार्कीले प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टिन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार भएको जिकिर गर्दै स्थानीयस्तरमा निर्माण गरिएका मापदण्डविपरीतका क्वारेन्टिन बन्द गरिने जानकारी दिए।

नेपाल कम्युनिष्ट पार्टी मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारको कार्य अन्य प्रदेशको तुलनामा प्रभावकारी देखिएको भन्दै उनले सरकारको हिसाबकिताब खोज्ने युवाले घरका अभिभावकको पनि हिसाबकिताब खोजे देशमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरे र जनता समाजवादी पार्टी मोरङका नेता राजकुमार यादवले पछिल्लो समय भारतबाट आउने बढेसँगै बनाइएका होल्डिङ सेन्टर व्यवस्थित नहुँदा सेन्टरमा राखिएका भाग्न थालेकाले व्यवस्थित गर्न माग गरे।

युवा अभियानकर्मी दिपेश धिमाल र अभिशेष भट्टराईले युवाहरुले सरकारलाई निरन्तर खबरदारी गरिरहने बताए। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मेडिसिन विभाग प्रमुख डा सञ्जीव शर्मा र पब्लिक स्वास्थ्यविज्ञ डा दीपक यादवले देशभर २१ स्थानमा पिसीआर परीक्षण हुने भए पनि सबैको पिसीआर गर्न सम्भव नभएको बताए। उनले भने , “सबैको पिसीआर परीक्षण गर्न आवश्यक पनि छैन ।”

नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष विक्रम लुइँटेल र प्रेस सङ्गठन मोरङका संयोजक सुदीप कोइरालाले कोभिड–१९ प्रति जनतालाई सचेतना जगाउने कार्यमा सञ्चारकर्मीको ठूलो भूमिका रहेको बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending