Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

मनाङका पुल अझै बनेनन् : जोखिमपूर्ण यात्रा

मनाङ । हिमालपारिको जिल्ला मनाङ पुग्न अहिले पनि धेरै खोलामा काठेपुलकै भरमा यात्रा गर्नुपर्ने बाध्यता छ ।

अप्ठ्यारो बाटोसँगै आधा दर्जनभन्दा बढी खोलामा अस्थायी काठका पुल प्रयोग गर्दा मनाङको यात्रा जोखिम छ । लमजुङ र मनाङको सिमाना म्यार्दीखोलादेखि सडकको अन्तिम बिन्दु मनाङको खाङ्सारसम्म पुग्दा धेरै खोलामा काठका पुल छन् । ती काठको पुलबाट जोखिम यात्रा गर्दै सामग्री ओसारपसार र मानिसहरु यात्रा गर्ने गर्छन् । काठे पुल हटाएर सहज यात्राका लागि फलामे पुल राख्ने भनिएको धेरै भएको छ तर कुनै पनि काम अहिलेसम्म भएको छैन ।

मनाङको तिमाङ खोला, सब्जी खोला र म्यार्दी खोलामा पुल निर्माण गर्ने जिम्मा क्याराभान कन्सल्टेन्सीले पाएको छ । तर अहिलेसम्म पुल निर्माण नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने, ढुवानीका सामानबीच बाटोमै अलपत्र पर्ने गरेको मनाङ ङिस्याङका होटल व्यवसायी विनोद गुरुङले बताए । “बन्दाबन्दीले अहिले अझै सामग्री र पर्यटक आउने अवस्था छैन र स्थानीयवासीलाई मात्र कम सामग्री आउँदा सहज छ तर यात्रुसँग सामग्री पनि ढुवानी गर्दा भने पुलको कारणले गर्दा बीचबाटोमा सामान अलपत्र हुन्छ”, गुरुङले भने ।

पुल निर्माणको जिम्मेवारी पाएका क्याराभान कन्सल्टेन्सीलाई पटक पटक म्याद थप्दासमेत समयमा काम सम्पन्न गर्न नसक्दा मनाङवासी मर्कामा परेको सडक डिभिजन कार्यालय तनहुँले जनाएको छ । विसं २०७२ देखि निर्माणको काम थालिए पनि पाँच वर्ष पूरा हुँदासम्म कामले गति लिएको छैन । क्याराभान कन्सल्टेन्सीका सहायक इन्जिनीयर नारायण लामाले गत मङ्सिर मसान्तसम्ममा काम सक्ने सम्झौता रहेको बताए । उनले भने, “मनाङमा कहिले हिमपात, बाढी पहिरोका कारण सामान ल्याउन नसकेकाले समयमा काम सम्पन्न गर्न सकिएको छैन, चालू आर्थिक वर्षमा सम्पन्न हुन्छ भन्ने थियो तर बन्दाबन्दीले आवश्यक सामग्रीको ढुवानी र प्राविधिक आउन सक्ने अवस्था नभएपछि पुल निर्माणको काममा ढिलाइ भएको छ ।”

यसरी समयमा पुल निर्माण नहुँदा काठका कच्ची पुलको भरमा जोखिम मोलेर सवारी चलाउनुपर्ने चालक नेत्र थापाले बताए । मनाङका पाँचवटा पुल निर्माणका लागि रु २२ करोडभन्दा बढी रकम विनियोजन भएको छ । लमजुङ र मनाङको सिमानाको पुल निर्माण भए पनि अरु निर्माणका काम शुरु गर्न सकेको छैन ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies