Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

किसानलाई बाँदर धपाउने उपकरण वितरण

वालिङ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले यहाँका किसानलाई बाँदर धपाउन उपकरण वितरण गरेको छ ।

किसानले लगाएका बालीलाई बाँदरले सखाप पार्न थालेपछि नगरपालिकाले युपिभिसी पाइपबाट निर्माण भएको उपकरण वितरण गरेको हो ।

‘कारबाइड’ र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बादर भाग्ने जनाइएको छ ।

बाँदरले आतङ्क मच्चाएका कारण कतिपय खेतीयोग्य उर्बर जमिन बाँझै हुने समस्यालाई सम्बोधन गर्न उपकरण वितरण गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

“वालिङसहित देशव्यापीरूपमा किसान दाजुभाइ दिदीबहिनीका लागि बाँदर साझा समस्या हो”, उनले भने, “यसको प्रयोगका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जानकारी गराइएको छ ।” सो प्रविधि सरल र सस्तो रहेको जनाइएको छ ।

“पहिलो चरणमा गाउँगाउँमा धेरै बाँदरले सताउने ठाउँका किसानलाई वडावडामार्फत प्राथमिकताका आधारमा निःशुल्क वितरण गर्छौँ” उनले भने, “प्रत्येक वडाका विभिन्न गाउँका किसानलाई यन्त्रको सुरक्षित प्रयोग गर्ने तरिकाकाबारेमा आवश्यक प्रशिक्षण दिएर पठाएका छौँ ।”

नगरपालिकाले बाँदर आतङ्कबाट प्रभावित भएका किसानलाई लक्षित गरी पहिलो चरणमा १०० उपकरण वितरण गरेको हो । भिरकोट–१ हेलुका बासिन्दा भवि कोइरालाले निर्माण गरेको यन्त्रलाई परिमार्जन गर्दै वालिङ–८ का इञ्जीनियर सुरज रिजालले उत्पादन गरेका हुन् ।

बाँदर धपाउनका लागि किसानले खेतबारीमै कुरेर बस्नपर्ने अवस्था भएका कारणले पनि पछिल्लो समय खेतबारीमा बालीनाली लगाउने कार्य हराउँदै गएका बेला यसको प्रयोगले समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे ।

गाउँगाउँमा मकै, तरकारी तथा फलफूल खाइदिने, टिपेर फालिदिनेजस्ता आतङ्क बाँदरले मच्चाउने गरेकामा नगरपालिकाले किसानको समस्यालाई मध्यनजर गरी समाधानको उपाय निकालेकामा वालिङ–५ पाडेथोकका पुराना किसान यज्ञप्रसाद लामिछानेले बताए ।

“गाउँमा मौसमी तथा बेमौसमी तरकारी बालीसहित अन्य खाद्यान्न लगाउँछौँ तर बाँदरको समस्याले निकै सास्ती भएको थियो”, किसान लामिछानेले भने, “यो यन्त्र चलाउन पनि सजिलो र यसबाट आवाजमात्रै निस्कने भएकाले प्रभावकारी देखेको छु ।”

आलोपालो वा प्रत्येक घरबाट व्यावसायिकरूपमा लगाइएको सुन्तला, टमाटर, मौसमी तथा बेमौसमी तरकारीमा बाँदरले केही खाने र केही टिपेर फाल्ने भएकाले किसान चिन्तित थिए । त्यस्तै वालिङ–८ भीमटारीका किसान सूर्य रेग्मीले नगरपालिका कार्यालयबाट यन्त्र चलाउने प्रशिक्षण लिएर यन्त्र गाउँमा ल्याएको बताएको छ ।

“गाउँमा कसैले व्यावसायिकरुपमा त कसैले घरलाई आवश्यक पर्ने तरकारी तथा अन्य बाली लगाएका छन् बाँदरको हुलका हुल आउँदा समस्या हुने गरेको थियो”, किसान रेग्मीले भने, “यसलाई अनावश्यक प्रयोग हुन नदिनेमा आफूहरु सचेत हुँदै सही सदुपयोग गर्नुका साथै नगरपालिकाले किसानलाई उपकरण गराएकामा हामी खुशी छौँ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: