Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

चार्टर्ड उडानका नाममा यात्रुसँग बढी भाडा लिएको आरोप, छानबिन समिति गठन

काठमाडौं । सरकारले चार्टर्ड उडानका नाममा यात्रुसँग बढी भाडा लिएको गुनासोका सन्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हङकङ र जापान जान अनुमति पाएका नेपाली र विदेशी नागरिकको चार्टर्ड उडानमा ट्राभल एजेन्सीले यात्रुबाट अस्वभाविक रुपमा बढी रकम लिई टिकट बिक्री गरेको भनी आएको गुनासोबारे छानबिन गर्न मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात महाशाखा प्रमुख सदस्य र पर्यटन मन्त्रालयका उपसचिव राजन नेपाललाई सदस्य सचिवको जिम्मेवारी दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो सम्बन्धमा जहाज चार्टर्ड गरी यात्रु ओसार्दा टिकट बिक्री गर्ने चार्टर्ड पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारबाट के कति भाडा लिएको हो सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

साथै आगामी दिनमा विमान चार्टर्ड गर्दा जुन देशको लागि हो उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट यात्रुको नामावलीसहितको पूर्वस्वीकृति र यात्रुसँग लिने भाडा रकमसमेत खुलाएर मात्र चार्टर्ड उडानको लागि सम्बन्धित वायु सेवा कम्पनीमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

भाडादर नखुलेको अवस्थामा र चार्टर्ड गरेको रकमको आधारमा विमान कम्पनीले नियमानुसार दिने कमिशन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वको आधार प्रस्तावित भााडा दर उचित भएको देखिएमा मात्र चार्टर्ड उडान अनुमति प्रदान गरने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।कोभिड १९ को कारण सिर्जित परिस्थिले गर्दा नेपालमा रहेका विदेशी तथा भिसाा अवधि सकिन लागेका नेपाली यात्रुलाई उद्धार गर्ने क्रममा नेपाल एयरलाइन्सको जहाज हङकङ र जापान चार्टर्ड गर्दा ट्राभल एजेन्सीले धेरै पैसा लिएको यात्रुहरुको गुनासो रहेकोप्रति पनि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएकोे विज्ञप्तिमा उल्लेख छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending