Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

त्रिदेशीय लिंकरोड जोगबनी–किमाथांका १४ किमी मात्र बाँकी

खाँदबारी । प्रदेश नं १ को मुख्य व्यापारिक मार्गको त्रिदेशीय लिंक रोड जोगबनी–किमाथांका सडक जोडिन १४ किलोमिटर मात्र बाँकी छ । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना किमाथांका–जोगवनी सडकखण्डको काम भइरहेको उत्तर दक्षिण सडक डिभिजन कार्यालय सङखुवासभाका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिए ।

किमाथांका– चेपुवा –हटिया, –मकालु गापा– चिचिला गापा– खाँदबारी नपा– धर्मादेवी नपा– धनकुटा महालक्ष्मी नपा– पाख्रीबास नपा– धनकुटा नपा– शहीदभूमि नपा– भेडेटार– सुनसरी धरान– इटहरी विराटनगर हुँदै जोगवनी नाकासम्मको दूरी ३९० किलोमिटर छ । सो सडक चीन र भारत जोडिने छोटो सडक हुने छ । त्रिदेशीय लिकंरोड किमाथांका–जोगवनी सडकखण्डको भीर फुुटाउने जिम्मा सेनालाई दिइएको छ । विसं २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद्को बैठकले किमाथांका–जोगवनी सडक खण्डको भीर फुुटाउने जिम्मा सेनालाई दिइएको कोशी सडक आयोजना प्रमुख श्रेष्ठले बताए ।

त्यस क्षेत्रमा ठूल्ठूला चट्टान भएका सडक निर्माणको प्रक्रिया सेनाले अघि बढाएको छ । भीर फुटाउनका लागि आवश्यक विस्फोटक पदार्थ राख्ने बङ्कर बनाउने कार्य अन्तिम चरणमा पुगेको प्रमुख श्रेष्ठले बताए । खाँदबारी–किमाथांका १६२ किमी साधारण मार्ग निर्माणको काम सम्पन्न गर्ने जिम्मेवारी उत्तर–दक्षिण कोशी सडक आयोजनाले पाएको छ ।

सडक आयोजना प्रमुख श्रेष्ठका अनुसार चेपुवा, छुमसुर, घोङ्गोप्पा खण्ड निर्माणका लागि विस्फोटक पदार्थ आवश्यक पर्ने छ । कडा चट्टान भएको भीरको सो १४ किलोमिटर सडकखण्ड विस्फोट गरेर मात्रै अघि बढ्न सकिन्ने उनको भनाइ छ । सडकखण्ड निर्माणका क्रममा रु तीन अर्ब खर्च भइसकेको छ । उत्तर दक्षिण (कोशी) सडक आयोजनाले खाँदबारी–किमाथांका सडकको स्तरोन्नतिको कार्य गरिरहेको छ । आयोजनाले भोटखोला गाउँपालिका–४ को वरुण र मकालु गाउँपालिकाका विभिन्न स्थानमा आधा दर्जन पक्की पुलको काम भइरहेको सडक आयोजना प्रमुख श्रेष्ठले बताए। सडक निर्माण भइसकेका स्थानमा हिउँदका बेला वरुण दोभानसम्म साना सवारीसाधन र ट्रयाक्टर चलिरहेका छन् । पहिले तीन दिन लगाएर खाँदबारी पुग्ने भोटखोलाबासी अहिले गाडीमा १२ घण्टामै पुग्ने गरेका छन् ।

उत्तर–दक्षिण सडकको ट्रयाक खन्न खण्डखण्ड ठेक्का लगाइएको छ । समयमै काम सकिए किमाथांका चीनसँग जोडिने अन्य ६ नाकाभन्दा सहज हुनेछ । अहिले उत्तर–दक्षिण कोशी सडक आयोजनाले किमाथांका–हटिया र खाँदबारी–हटिया गरी दुईतर्फबाट निर्माण गरिरहेको छ । यो खण्डको दूरी १४ किमी छ । खाँदबारीबाट खनिएको सडक पनि चेपुवासम्म पुगेको छ । त्यहाँसम्म ७८ किमी सडक निर्माण भएको हो ।

आयोजनाले हटियाबाट हाङ्दाक खोलासम्म २१ किमीको काम पनि गरिरहेको छ । सो मार्गमा १० किमी निर्माण भइसकेको आयोजनाले जनाएको छ । किमाथांकाबाट छुमसुरतर्फ पनि ढुङ्गे गोप्तासम्म १४ किमी कच्ची सडक निर्माण भइसकेको छ । सो खण्ड पूरा भएपछि किमाथांका–विराटनगर सडक जोडिन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies