Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

म्याद गुज्रेका खाद्यान्न बेच्ने २२ पसलको बिक्रीमा रोक

भोजपुर । लकडाउनको समयमा म्याद गुज्रेका खाद्यान्नको भण्डारण गरी बिक्री गरेको फेला परेपछि त्यस्ता खाद्य पसलको बिक्री वितरणमा रोक लगाइएको छ ।

कोरोना भाइरस महामारीको मौका छोपेर व्यापारीहरूले म्याद गुज्रेका अखाद्य बस्तु बिक्री गर्ने गरेको गुनासो आएपछि गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका वस्तु फेला परेपछि तत्काललाई त्यस्ता पसलको बिक्री वितरणमा रोक लगाइएको हो ।

अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य बस्तु बिक्री गर्ने भोजपुरको दावा बलौटेस्थित लक्ष्मी किराना पसल, यमुना स्टोर, कान्तिपुर किराना पसल, विद्याधारी किराना, कुमकुम स्वीटहाउसलगायत २२ भन्दा बढी पसलको सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । कार्यालयका अनुसार बिक्रीका लागि राखिएका चामल, दाल, तेललगायत सामग्रीमा उपभोग्य मिति, उत्पादन मितिलगायत फेला नपरेपछि त्यस्ता पसलको विक्री वितरणमा रोक लगाएको छ ।

“व्यापारीले अखाद्य वस्तु बिक्री वितरण गरिरहेको व्यापक जनगुनासो आएपछि हामीले बजार अनुगमनलाई तीव्रता दिएका छौँ”, सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले भने, “यो अवधिमा २२ भन्दा बढी पसलको बिक्री वितरणमा रोक लगाएर स्पष्टीकरणसहित छलफलका लागि बोलाएका छौँ ।” “विशेष गरेर ग्रामीण क्षेत्रमा अखाद्य वस्तु बिक्री हुने गरेको सूचना आएपछि हामीले त्यस्ता पसललाई मध्यनजर गर्दै अनुगमन गरिरहेका छौँ, यसै क्रममा दावाको बलोटेमा ५०० बोरा बढी चामलमा उत्पादन मिति भेटिएन, सर्वसाधरणको स्वास्थ्यमा खेलवाड गर्ने त्यस्ता धेरै पसल छन्, त्यस्तालाई कारवाहीको दायरा ल्याउँछौँ, उनले भने ।”

पछिल्लो समयमा लकडाउनको मौका छोप्दै उपभोक्ता ठग्ने प्रवृत्ति बढेसँगै प्रशासनले निगरानी बढाएको छ । यो अवधिमा सदरमुकामसँगै आसपासका क्षेत्रहरु सुन्तले, दावा बलौटेमा रहेका पसलबाट करिब रु ६५ हजार बराबरको अखाद्य सामग्री नष्ट गरिएको अनुगमन समितिले जनाएको छ । कानूनविपरीत अखाद्य वस्तु बिक्री गर्ने पसललाई कानूनी दायरा ल्याइने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले जनाएको छ । म्याद गुज्रिएको सामग्री बिक्री गरेमा रु ५० हजारसम्म जरिवाना र पाँच वर्षसम्म जेल हुनसक्ने कानुनी व्यवस्था रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रमुख शिवशङ्कर मिश्रले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies