Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

गण्डकी प्रदेशमा थप एक जनामा कोरोना पुष्टि, सङ्क्रमितको एक सय ४५ पुग्याे

कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या १४५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको विज्ञप्तिअनुसार पछिल्लोपटक थप एक जनामा कोरोना पुष्टि भएको हो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व), देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४० का पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि स्थापना गरिएको उच्चस्तरीय समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

सङ्क्रमितलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको र यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४५ पुगेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये १३९ पुरुष र छ महिला छन् । हालसम्म गण्डकीका मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्लामा कोभिड–१९ सङ्क्रमित फेला परेका छन् ।

स्याङ्जामा ३८, बागलुङमा ४०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ३५, गोरखामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँ र म्याग्दीमा तीनरतीन तथा लमजुङमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये स्याङ्जाका एक जनाको मृत्यु भएको छ । गत चैत १५ गते बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । सङ्क्रमितमध्ये तीन उपचार गराएर निको भएपछि घर फर्किएका हुन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कास्कीमा पहिलोपटक कोभिड–१९ पुष्टि भएका ६० वर्षीय एक पुरुषको सम्पर्कमा आएका ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । गत जेठ २० गते पोखरास्थित आफ्नै निवासमा अचेत अवस्थामा फेला परेका ती पुरुषलाई यहाँस्थित गण्डकी मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि हेलिकोप्टरबाट काठमाडौँ लगिएकामा राजधानीमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

पेशाले कानून व्यवसायी तथा प्राध्यापक रहेका सङ्क्रमितलाई अस्पताल लैजाँदा उनको सम्पर्कमा पोखराका धेरै प्रतिष्ठित व्यक्तिसमेत पुगेको र पछि उनमा कोभिड–१९ पुष्टि भएपछि त्रास फैलिएको थियो । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा तथा प्रदेश स्वास्थ्य निर्देशनालयले सङ्क्रमितको कन्टयाक्ट ट्रेसिङ गरी ३९ को पिसीआर परीक्षण गरेकामा मङ्गलबार साँझ सबैको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending