झापा । क्वारेन्टाइन व्यवस्थापनकै नाममा संघ, प्रदेश र स्थानीय सरकारले करोडौं रुपैयाँ खर्चिएका छन् । तर पनि, मेचीनगर नगरपालिका–१ का जनप्रतिनिधि भने क्वारेन्टाइन व्यवस्थापनकै लागि भनेर प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क उठाइरहेका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - मेचीनगरको तिरिङस्थित जनकल्याण आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेकाहरूबाट स्थानीय सरकारले शुल्क उठाएको हो । पछिल्लो पटक यहाँ भारतका विभिन्न सहरमा मजदुरी गरेर फर्किएका २५ नेपाली बसेका थिए ।
१४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किदा उनीहरूबाट शुल्क उठाइएको हो । ‘वडाध्यक्ष ज्यूले क्वारेन्टाइनमा बसेबापत पैसा माग्नुभयो । भारतबाट कैयौं दिन लगाएर फर्किदा बचाएको पैसा पनि उहाँलाई दियौँ,’ क्वारेन्टाइनबाट निस्केका एक मजदुरले भने ।
शुल्क नतिर्नेलाई होम क्वारेन्टाइनमा पठाउने धम्की वडाध्यक्ष पासाङ तामाङले दिएको उनीहरूले बताएका छन् ।
क्वारेन्टाइनमा बसेको १४ दिनपछि कोरोना नदेखिएको प्रमाणपत्र दिएर मंगलबार घर पठाइँदै
वडाध्यक्ष तामाङले क्वारेन्टाइनमा बस्नेहरूका लागि खाना व्यवस्थापन गर्न शुल्क उठाएको बताए ।
‘मेचीनगर नगरपालिकाले क्वारेन्टाइनमा बस्ने आफैले खानाको व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको छ । उनीहरूका परिवारले घरबाट ल्याउँदा गाउँ नै आतंकित हुन्छ,’ वडाध्यक्ष तामाङले भने, ‘हामीले एक हजार उठाएर यसमा थपेर खाना खुवाएका हौं ।’
क्वारेन्टाइनमा बसेका मजदुरबाट पैसा उठाउने सर्वदलीय निर्णय भएको तामाङको दाबी छ । ‘सबै दल मिलेर नै यो निर्णय गरेको हो । अहिले केही साथीहरूले राजनीति गर्नुभयो,’ उनले भने । क्वारेन्टाइन व्यवस्थापन गर्दा वडालाई ४० हजारसम्म ऋण लागेको उनको भनाइ छ ।
‘हामी सबै खर्च धान्न सक्दैनौं । पैसा नउठाउने भए होम क्वारेन्टाइनमा राख्छु,’ वडाध्यक्ष तामाङले भने । क्वारेन्टाइनको एउटा कोठामा पाँचदेखि आठ जनासम्म रहेको र उनीहरूबाट पैसा उठाएर ग्यासको व्यवस्था गरेको उनको दाबी छ । उनले भने, ‘उहाँहरूले घरबाट खाना ल्याएको भए एक हजारले पुग्थ्यो ?’
तर, मेचीनगरका मेयर विमल आचार्यले क्वारेन्टाइनमा बसेकाबाट शुल्क उठाउने कुनै निर्णय नभएको बताए । ‘हामीले यस्तो कुनै निर्णय गरेका छैनौं । औपचारिक रूपमा पैसा असुलेको जानकारी पनि छैन,’ मेयर आचार्यले भने, ‘यदि पैसा असुलेको रहेछ भने यो गलत काम हो ।’
क्वारेन्टाइनमा खाद्यान्न व्यवस्थापनका लागि टेन्डर आह्वान गरेर खरिद गरिएको उनले बताए । नगरपालिकाले पठाएको खाद्यान्नले नपुगे मात्रै वडालाई व्यवस्थापन गर्न निर्देशन दिएको आचार्यको भनाइ छ । ‘हामीले क्वारेन्टाइनमा बसेकाबाट उठाउनु भनेका छैनौं । वडा हाम्रै अंग हो । पुगेन भने उसलाई नै व्यवस्थापन गर्नु भनेका छौँ,’ मेयर आचार्यले भने ।
क्वारेन्टाइनमा बस्नेहरूले भने धेरै व्यवस्था आफँैले गरेको बताएका छन् । उनीहरूले ओढ्ने–ओछ्याउने पनि घरबाटै मगाएका थिए । वडा कार्यालयले म्याट मात्रै दिएको उनीहरूको भनाइ छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: