Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

तिलोत्तमा हत्या प्रकरण : अभियुक्तबाट हत्या स्वीकार

रुपन्देही । रुपन्देहीको तिलोत्तमा–१० मैनहवास्थित गंगादेवी पशु कृषि फार्मका सञ्चालक कृष्णबहादुर पुन हरेक बिहान ५ बजे फर्ममा आइपुग्दा मूल गेट खुला हुन्थ्यो । बत्ती बलेको हुन्थ्यो । कामदारहरु उठेर काम शुरु गरिरहेका हुन्थे तर आज बिहान फार्ममा पुग्दा त्यहाँ सुनसान थियो । गेट खुलेको थिएन न त बत्ती नै बलेको थियो ।

कृष्णबहादुरले जानकी मुसहरलाई चिच्याएर बोलाए तर उनी उठिनन् । गेटसँगै जोडिएको टहरोमा सुतिरहेका जानकीका कान्छो छोरा १० वर्षीय अर्जुन मुसहर उठे । कृष्णबहादुरले सुतिरहेका सबैलाई उठाउन बालक अर्जुनलाई अह्राए । गर्मीका कारण बालकका बुवाआमा पाँच जना गेटदेखि ५० मिटर पर फर्मभित्रै सुतेका थिए । बालक अर्जुनले आँखा मिच्दै फर्मभित्रै पुगेर पापा–मम्मी र अंकलहरुलाई पालैपालो बोलाए तर कोही उठेनन् । रगत लत्पतिएको देखेपछि उनले कृष्णबहादुरलाई खबर गरे ।

कृष्णबहादुर गेट नाघेर दौडिँदै आउँदा जानकी र माधव मुसहरसहित सँगै सुतेका पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी पनि रगताम्य भएर ढलेका थिए । “भुइँ रगताम्य थियो, सबै अचेत थिए, म आत्तिदै बाहिर आएर प्रहरीलाई फोन गरे”, सञ्चालक पुनले भने ,“केही समयमै प्रहरी आयो र उनीहरुको हत्या भएको भन्ने थाहा पाएँ”, सञ्चालक कृष्णबहादुरका अनुसार मारिएका पाँचै जना मेहेनती कामदार थिए ।

अलग्गै कोठामा सुतेका मुसहर दम्पत्तिका छोरा र बहिनी उठेर रुन थाले । रुवावासी भएपछि गाउँभरी हल्ला फैलियो । एकैछिनमा स्थानीय बासिन्दाको फार्ममा भिड लाग्यो । “हामी आउँदा पाँचै जनाको शव एकै ठाउँमा थियो, सबैको टाउकोमा गम्भीर चोट लागेको थियो”, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशब ज्ञवालीले भने, “सबैलाई कोदालोले टाउकोमा प्रहार गरेको देखियो ।”

सञ्चालक कृष्णबहादुरले फोन गरेलगत्तै इलाका प्रहरी कार्यालय मंगलापुरको टोली घटनास्थलमा आएको थियो । त्यसलगत्तै इलाका प्रहरी कार्यालय बुटवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाकाअनुसार फार्ममा सैनामैना मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षका करण चौधरी र आशिष चौधरीको सामूहिक हत्या गरिएको थियो । मुसहर तीनैजना फार्मका कामदार भए पनि करण र आशिष भने कामदार होइनन् ।

प्रहरीकाअनुसार हत्या गरिएका पाँचै जनाको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । हत्या अभियोगमा घटनास्थलबाटै सुर्खेतको साविक नेटा गाविस–३ का ३२ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीलाई प्रहरीले पक्राउ गरेको छ । उनी सोही फर्मका कामदार हुन् ।

फर्मभित्रै पराल राख्ने ठाउँमा भेटिएका उनी पक्राउ परेपछि बेहोस भएका थिए । उनलाई उपचारका लागि तत्कालै अस्पताल लगिएको थियो । अस्पतालमा उनले आफूलाई दुःख दिएका कारण फरुवाले हानेर हत्या गरेको बताएका थिए । “हत्याको अभियोगमा उनलाई पक्राउ गरेका हौँ, सोधपुछ गर्ने काम भइरहेको छ”, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक थापाले भने, “उनी मानसिक असन्तुलनको अवस्थामा रहेकाले सबै जानकारी लिन समय लाग्ने देखिएको छ ।”

घटनापछि कान्छी बजार शोकमा छ । स्थानीय त्रसित छन् । स्थानीयवासी तथा मृतकका आफन्तले घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन् । उनीहरुले दोषीमाथि कारवाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै केहीवेर नारावाजी समेत गरे । मृतक आशिषका आफन्त सरोज चौधरी भन्छन्, “हत्यामा संलग्नलाई कडा कारबाही हुनुपर्छ, आखिर उनीहरुको कसुर के थियो किन हत्या गरियो रु उनले प्रश्न गरे” घटनास्थल बुटवल–भैरहवा सडक खण्डको मंगलापुर देखि नौ किलोमिटर पूर्वमा पर्छ ।

सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न गठन गरिएको समितिले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजकुमार बैदवारको नेतृत्वमा गठन गरिएको तीन सदस्यीय समितिले घटनास्थल पुगेर अनुसन्धान गरेको छ ।

प्रहरीले घटना भएको तिलोत्तमा–१० मैनहवामा रहेको गंगादेवी पशु कृषि फार्मका सञ्चालक, हत्या गरिएका परिवार तथा स्थानीयसँग सोधपुछ गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक बैदवारले घटनाको अनुसन्धानका क्रममा प्रमाण संकलन गर्ने काम भइरहेको बताए । “घटनासँग सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्ने काम भइरहेको छ । अनुसन्धानपछि छिट्टै सार्वजनिक गर्छौ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending