काठमाडौ । राष्ट्रियसभाको बैठकमा बोल्ने सांसदले कोरोना भाइरसको जोखिमबाट नागरिकलाई बचाउनका लागि क्वारेन्टिन व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खिमलाल भट्टराईले क्वारेन्टिन व्यवस्थित हुन नसकेको हुँदा त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
“क्वारेन्टिन व्यवस्थित हुन सकेको छैन, पुलिसका हिरासत, जेलजस्ता भए”, सत्तापक्ष नेकपाका प्रमुख सचेतक भट्टराईले भने, “क्वारेन्टिन शौचालय, सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था, पिसिआर परीक्षण, मास्क, सेनिटाइजरयुक्त हुनुपर्छ ।” उनले गर्मीको मौसम भएको हुँदा तराईमा झुलको व्यवस्था गर्न पनि माग गरे ।
“क्वारेन्टिनलाई नै आइसोलेशन वार्ड बनाउनुपर्ने अवस्थामा उपचारलाई अझ ध्यान दिएर भेन्टिलेटर बढाउनु जरुरी छ”, सांसद भट्टराईले भने, “राहतको सन्दर्भमा सरकारले सही निर्णय गरेको छ, स्थानीय तहले राहतलाई व्यवस्थापन गर्ने कुरामा ध्यान दिइरहेको छ, भोकै मर्ने अवस्था आउनु हुँदैन ।”
उनले स्थानीय तहका जनप्रतिनिधिलाई मानवीय कामका लागि कसैको पनि आदेश वा निर्देशन जरुरी नपर्ने जनाउँदै क्वारेन्टिनमा बसेकाहरुका लागि भोकबाट बचाउनुपर्नेमा जोड दिए । सांसद भट्टराईले रोजगारी गुमाएर अलपत्र परेकालाई स्वदेश ल्याउने काम स्वागतयोग्य छ भन्दै तिनको उचित व्यवस्थापन गर्न सरकार चुक्न नहुने बताए ।
उनले खेतीपातीको मौसम शुरु भएको हुँदा मल र बीउको समस्या हुन नदिन ध्यानाकर्षण गराउँदै दूध, तरकारी र फलफूल बजारमा पुर्याउन ध्यान दिनुपर्ने माग गरे । सांसद भट्टराईले एसइई र दशजोड दुईको परीक्षा सम्बन्धित विद्यालयबाट दिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराए । उनले गणतन्त्र, सार्वभौमसत्ता र स्वाधीनतामाथिको प्रहार रोक्न सबै लाग्नुपर्नेमा पनि जोड दिए ।
पिसिआरमा जोड
नेकपाकै चक्रप्रसाद स्नेहीले सुदूरपश्चिममा आरडिटी गर्दा पाँचछ सय जनामा कोरोना फैलिएको बुझिएको जनाउँदै डडेलधुरा जिल्लामा भेन्टिलेटरको व्यवस्था गर्न र आरडिटीमा विश्वसनीयता नदेखिएकाले पिसिआरलाई बढाउन सरकारको ध्यानाकर्षण गराए।
नेपाली काँग्रेसका रमेशजंग रायमाझीले क्वारेन्टिन गाईगोठजस्तो भएको तथा मानिस दिनभरि क्वारेन्टिनमा बसेर राति घरमा बस्ने गरेको देखिएको हुँदा त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
“कोरोना ६८ जिल्लामा फैलिसकेको छ, तैपनि सरकारले सामान्य रुपमा लिएको छ, नेपाली जनतालाई बचाउनका लागि सरकारले ध्यान दिनुपर्छ”, सांसद रायमाझीले भने, “स्वास्थ्यकर्मीलाई पर्याप्त मात्रामा स्वास्थ्य उपकरण छैन, स्वास्थ्य सामग्रीको अभाव छ, पिपिई र मास्कमा कालो बजारी भइरहेको छ, सरकारले नागरिकको जिम्मा लिनुपर्छ ।” सांसद रायमाझीले बन्दाबन्दीका अवस्थामा सरकारलाई पैसा आवश्यक पर्यो भनेर तत्काल कर माग्न नमिल्ने बताए ।
काँगे्रसकै तारादेवी भट्टले सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढ्दै गएको हुँदा क्वारेन्टिनलाई व्यवस्थित गरी पिसिआर परीक्षणको दायरा बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले कोरोनाबाट जनतालाई बचाउनका लागि पिसिआर परीक्षणलाई बढाउन र क्वान्टिन व्यवस्थित गर्न जरुरी भएको उनको भनाइ थियो । सांसद यादवले भने, “म आग्रह गर्छु, सरकार गम्भीर बन्नुपर्छ, रु १० अर्ब कहाँ खर्च भएको छ रु रोगले १३ जना मरे तर भोकले पनि मर्ने अवस्थामा पुगेका छौँ ।”
समाजवादी पार्टीकी प्रमिला कुमारी तथा नेकपाका रामलखन चमार, रामनारायण बिंडारी र जीवन बुढाले कोरोना भाइरस संक्रमणको जोखिमबाट बचाउन क्वारेन्टिन व्यवस्थित गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: