Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

रुकुम पश्चिमका डेढ सय विपन्नले नयाँ घर पाउँदै

रुकुम । रुकुम (पश्चिम)का झण्डै डेढ सय विपन्न परिवारले नयाँ घर पाउने भएका छन् । कर्णाली प्रदेश सरकारको जनता आवास कार्यक्रममार्फत जिल्लाका १२९ घर परिवारका लागि नयाँ घर बन्न लागेका हुन् ।

चालु आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तभित्र जिल्लाका ६ स्थानीय तहमा घर नहुँदा आफन्तका शरणमा बसिरहेका, छाप्रो बनाएर बसिरहेका र घर जीर्ण भई जोखिममा रहेका तथा घर निर्माण गर्ने क्षमता नभएका विपन्न, दलित तथा सीमान्तकृत समुदायका परिवारले नयाँ घर पाउँदै छन् ।

जनता आवास कार्यक्रम समन्वय समितिले जिल्लाका दुई वटै निर्वाचन क्षेत्रका तीन घरपरिवारलाई नयाँ घरका लागि छनोट गरेको हो । घर नभएका तथा निकै जोखिमपूर्ण अवस्थामा रहेका र आफैँले घर बनाउन नसक्ने परिवार नयाँ घरका लागि छनोट भएको निर्वाचन क्षेत्र नं २ का जनता आवास कार्यक्रम समन्वय समितिका संयोजक तथा प्रदेशसभा सदस्य गोपाल शर्माले जानकारी दिए । उनका अनुसार छनोटमा परेका प्रत्येक परिवारका लागि दुई कोठा र बरण्डासहितका घर निर्माण हुने छन् ।

त्यस्तै शौचालय भने स्वयं परिवारले श्रमदानस्वरुप अनिवार्य रुपमा निर्माण गर्नुपर्ने छ । प्रतिघर निर्माणका लागि रु तीन लाख पाँच हजार प्राप्त हुने प्रदेशसभा सदस्य शर्माले बताए । दुई भन्दा बढी कोठा भएको घरसमेत निर्माण गर्न सकिने उनको भनाइ छ । त्यसका लागि बाँकी खर्च भने स्वयं परिवारले व्यहोर्नुपर्ने छ । निर्वाचन क्षेत्र नं १ का आठबीसकोट नगरपालिकामा २८, बाँफिकोट गाउँपालिकामा १८ र मुसीकोट नगरपालिकामा १८ गरी ६४ घर निर्माण हुने छन् ।

चौरजहारी नगरपालिकामा २८, सानीभेरी गाउँपालिकामा १९ र त्रिवेणी गाउँपालिकामा १८ गरी निर्वाचन क्षेत्र नं २ मा ६५ घर बन्ने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए । घर निर्माणको प्रक्रिया शुरु भइसकेको जनाइएको छ । घर निर्माणको सम्झौताको जिम्मा स्थानीय तहलाई दिइएको र हुने क्रम शुरु भइसकेको उनले जानकारी दिए । लकडाउनका कारण छनाट र सम्झौतालगायत प्रक्रिया पूरा गर्न ढिलाइ भए पनि तोकिएकै समयमा घर निर्माण गर्ने गरी काम शुरु भइसकेको बताइएको छ । घर निर्माणका लागि निर्माण समिति रहने र घर निर्माण सकिएपछि समितिले घर बनाउने परिवारको खातामा पैसा सीधै राखिदिने प्रदेशसभा शर्माले बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending