Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

आंशिक पसल सञ्चालनमा आउँदा उपभोक्ता र व्यवसायी खुशी

विराटनगर । बन्दाबन्दीको कारण जनजीवनमा पर्न गएको असरलाई सहज बनाउन विराटनगर महानगरपालिका क्षेत्रभित्रका बजार चार घण्टा खुल्नाले उपभोक्ता एवं व्यवसायी खुशी भएका छन् ।

सबै क्रियाकलाप बन्द भए पनि गरीब, विपन्न, मजदूर र असहाय मानिस बन्दाबन्दीको गम्भीर असर खेप्नुपरेको थियो । यो अवस्थालाई सहज बनाउन स्थानीय तहले राहत वितरण पनि गरेको थियो । एक परिवारमा करिव १३ केजी चामल, दाल, नुन, तेल, साबुन सहित अन्य सामग्री वितरण गर्दा विराटनगर महानगरपालिकामा करीब ३० हजार परिवारले राहत पाएका छन् । यो राहत वितरण गर्न प्रदेश सरकारले रु २० लाख सहयोग गरेको थियो । तीस हजार परिवारलाई राहत वितरण गर्न महानगरपालिकाले लगभग रु दुई करोड ५० लाख भन्दा बढी खर्च गरेको छ । यसमा केही सामाजिम सङ्घसंस्था र उद्योगीले पनि सहयोग गरेको पाइएको छ । मोरङमा लगभग ८० हजार परिवार भन्दा बढीमा राहत वितरण गरिएको छ । राहत वितरण गर्न प्रदेश सरकारले महानगरपालिकालाई रु २० लाख, उपमहानगरपालिकालाई रु १५ लाख, नगरपालिकालाई रु १० लाख र गाउँपालिकालाई रु पाँच लाख सहयोग प्रदान गरेको छ ।

रोजगार न खुल्ने, व्यापार व्यवसाय सञ्चालन नहुने हो भने सरकार वा स्थानीय तहले पुनः राहत वितरण गर्नुपर्ने अवस्था सिर्जना हुने भएबाट अर्थतन्त्र मात्र होइन विकासनिर्माणमा पनि ठूलो धक्का लाग्ने बुद्धिजीवीको भनाइ रहिआएको थियो ।

मोरङको सबै भन्दा पुरानो व्यापारिक संस्था मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बजार आंशिक रुपमा खुल्नाले आफूहरुको भावनाको कदर भएको पाइएको बताए।

महानगरपालिकाले आजदेखि चार घण्टा बजार खुल्ने निर्णय कोरोना उपचार, रोकथाम एवं नियन्त्रण गर्न सरकारले बनाएको उच्चस्तरीय समितिअनुसार नभए पनि आपसी सझदारीले मात्र गरेको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए।

मुबारक फलफूलको पसल सञ्चालक नाजो मियाँले अहिले पसल सञ्चालन गर्न केही समय पाएपछि आफ्नो रोजगारी पनि चल्ने र घरधनीलाई भाडा तिर्न पनि सजिलो हुने प्रतिक्रिया दिए । सोही स्थानमा चिया पसल गर्ने दिनेश साहले अहिले दिनको करीब रु एक हजारभन्दा बढीको चिया र नास्ता बिक्री गर्ने गरेको जानकारी दिए । विराटनगर रोडशेष नजिकै रहेका युनिक मोटरसाइकल ग्यारेजका सञ्चालक तनवीर हुसेनले आजदेखि चार घण्टा बजार खुल्ने सूचनाले थोरै समय काम गर्न पाएको र यसबाट ग्यारेजमा काम गर्ने कामदारलाई जीविकोपार्जन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending