Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

दशै जना सङ्क्रमित धौलागिरि अस्पतालमा

बलेवा । धौलागिरि अस्पतालको आइसोलेशन भरिएपछि वैकल्पिक स्थानको खोजी गरी सङ्क्रमितको उपचार गर्ने जिल्ला कमाण्ड पोष्टको योजना असफल भएको छ । आज दशजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सदरमुकाम बाहिरैका स्वास्थ्य संस्था वा उपयुक्त ठाउँमा आइसोलेशन बनाएर बिरामीको उपचार गर्ने योजना बनाएको जिल्ला कमाण्ड पोष्टले अहिलेसम्मका सबै बिरामीको उपचार धौलागिरी अस्पतालमानै गर्ने निर्णयमा पुगेको हो । कमाण्ड पोष्टको निर्णयसँगै दशै सङ्क्रमितलाई धौलागिरी अस्पताल ल्याउने तयारी थालिएको छ । जिल्लाको बडिगाड गाउँपालिकाका चार जना भने अस्पताल आइसकेका छन् ।

स्थानीय तहले पूर्वाधार र जनशक्तिसमेत नरहेको भन्दै असहमति जनाएपछि विकल्पको खोजी गर्ने विकल्पसहित अहिलेका लागि धौलागिरी अस्पतालमानै आइसोलेशन विस्तार गरेर सबै बिरामीलाई यहीँ राख्ने कमाण्ड पोष्टले निर्णय गरेको छ । जिल्ला कमाण्ड पोष्टको आज बसेको बैठकले अस्पतालमा १२ बेडको क्षमता रहेकाले १२ बेड थप गरी पुष्टि भएका १० जनालाई अस्पतालमा राख्ने निर्णय गरेको हो । अस्पतालमा थप १२ बेड आइसोलेशन बनाउने निर्णय भएसँगै प्रसूति वार्ड खाली गरी आइसोलेशन बनाइएको अस्पतालले जनाएको छ ।

प्रसूति वार्ड सामान्य कोठामा व्यवस्थापन गरेर आइसोलेशन बनाइएको सूचना अधिकारी तीर्थ गौतमले बताए । यस्तै जिल्ला कमाण्ड पोष्टले अस्पतालमा २४ बेडको आइसोलेशन र बागलुङका स्थानीय तहको समन्वय र व्यवस्थापनमा धौलागिरी बहुमुखी क्याम्पस, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नरेठाँटी उपस्वास्थ्य चौकी भवन र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा ८६ बेडको प्रि–आइसोलेशन कक्ष तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: