कपिलवस्तु । पङ्गास (बैखी) जातको माछाको भुरा उत्पादनकार्य सफल भएको छ । कपिलवस्तुको शिवराज–२ मा रहेको खान एकीकृत मत्स्य फार्म तथा ह्याचरीले नेपालमा पहिलोपटक सो जातका भुरा उत्पादन गरेको हो । नेपालमा सर्वाधिक माग रहेको ती जातका भुरा उत्पादन नहुँदा भारत र बङगलादेशबाट आयात हुँदै आएको थियो ।
पहिलो पटकमा पाँच÷छ लाख भुरा उत्पादन भएको सो ह्याचरीका सञ्चालक फरहान अकबाल खाँनले जानकारी दिए । माछा उत्पादक ह्याचरी व्यवसायीले धैरेपटक प्रयास गर्दासमेत सफलता हासिल गर्न नसकेपछि बङ्गलादेशबाट चिकित्सक झिकाइ उत्पादन गरिएको उनी बताउछन् ।
भारत र बङ्गलादेशबाट ल्याइने एक किलो माछाको भुरामा एक हजार ३०० हुन्छ भने नेपालमै उत्पादन गरेको भुरा एक किलोमा ८०० हुन्छ। बङ्गलादेशका माछा चिकित्सक सपनले छ महिनाको मेहेनतले ह्याचरीमा भुरा उत्पादन भएको जानकारी दिए । नेपालमा सिलभर, विगहट, कामन, ग्रास, रोहुु, नैनी जातको भुरा उत्पादन हुँदै आए पनि सो जातको माछाका भुरा पहिलोपटक छ लाख तयार हुने चिकित्सक सपनले बताए । बजारको मागअनुसार अरु भुरा उत्पादन गरिने उनले जानकारी दिए ।
अत्यधिक खपत हुने माछाका भुरा यहाँ उत्पादन नहुँदा वार्षिकरूपमा नेपालबाट करिब पाँच करोडको भुरा भारत र बङ्गलादेशबाट आयात हुँदै आएको थियो । खानामा स्वादिलो, कडा नहुने, कम समयमा उत्पादन हुने, जाडोमा समेत उत्पादन गर्न सकिने र करिब सात महिनामा एक किलोको हुने भएकाले सो जातका माछाको माग बढेको बताइएको छ ।
पङ्गास माछा
यो जातको माछाको शरीर लामो, कत्लाविहीन हुन्छ । टाउको केही सानो, मुख चौडा र गिजामा स–साना तिखा दाँत हुन्छन् । आँखा केही ठूलो, ओठमा दुई जोडी जुङ्गा, पखेटा केही खैरा हुन्छन् । ल्याटरल लाइनसँगै माछा सानो छँदा कालो धर्सा र ठूलो भएपछि सेता लामा धर्सा देखिन्छन् । पङ्गास माछाको प्रमुख आहारा भनेको प्लेटदाना हो । यसलाई शारीरिक तौलको आधारमा दुई–तीन किलोका दरले दैनिकरूपमा दाना दिनुपर्छ । पङ्गासियसका माछाको पालन प्रविधि एक जातीय माछापालन मनोकल्चरको रूपमा गरिन्छ । प्रोटिन भएको प्लेटदाना र अन्य व्यवस्थापन राम्रो मिलाउन सक्दा करिब सात महिनाको अवधिमा बिक्रीयोग्य साइज एकदेखि सवा किलोको माछा बनाउन सकिने बताइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: