Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सोती घटनाको प्रतिवेदन छिट्टै बुझाउँछौं : संयोजक बस्नेत

रुकुमपश्चिम । रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका –८ सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका संयोजक जीतेन्द्र बस्नेतले घटनाको सत्यतथ्य छानबिन भइरहेको बताएका छन् । उनले समितिले घटनाको सत्यतथ्य छानबिन गरिरहेको र छिट्टै प्रतिवेदन तयार पारी गृह मन्त्रालयलाई बुझाइने पत्रकारलाई बताए ।

‘हामीले मृतक पक्ष, सोती गाउँका बासिन्दा, केटीका परिवार तथा आफन्त, अधिकारकर्मी, दुवै जिल्लाका सुरक्षा निकाय, पत्रकारलगायतसंँग भेटी घटनाको सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौंँ’, उहाँले भन्नुभयो, ‘घटनाको जरोमा पुगेर सत्यतथ्य पत्ता लगाई हाम्रो समितिलाई दिइएको म्याण्डेट र समयअनुसार अध्ययन प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउँछौं ।’

घटनाबारे बाहिर आएका र आफूहरुले विभिन्न तवरबाट गरेका छलफलमा आएका कुरालाई पनि सूक्ष्म रुपमा हेरिरहेको संयोजक बस्नेतले बताए । काठमाडौबाट जाजरकोट पुगेको टोली त्यहाँ अध्ययनअनुसन्धान गरी यहाँ आएको हो । टोलीले घटनास्थल सोती गाउँमा पुगेर घटनाका बारेमा अनुसन्धान गरेको छ । अनुसन्धानकै क्रममा टोलीले आज जिल्लास्थित पत्रकारसँंग छलफल गरेको हो ।

त्यस्तै टोलीले जिल्लास्थित दलित अधिकारकर्मीसँग पनि भेट गरेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए । सोतीमा भएको घटनाको सत्यतथ्य छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

अन्तरजातीय प्रेमसम्बन्धका कारण भएको भनिएको घटनामा परी जाजरकोटका चार र रुकुम(पश्चिम)का एक गरी पाँच जनाले ज्यान गुमाएका थिए । जाजरकोटका एक युवक अझै बेपत्ता छन् । भेरी नगरपालिका– ४ का नवराज विक, सञ्जु विक र गणेश बुढा तथा भेरी– ११ का लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको शव भेरी नदीमा फेला परेको थियो । भेरी – ११ जाजरकोटका गोविन्द शाही अझै बेपत्ता छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending