दैलेख । कर्णालीमा कोरोनाबाट पहिलो मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका– ११ खागीतडाका ३५ वर्षीय युवाको शनिबार बिहान मृत्यु भएको हो । समयमै कोरोना परीक्षण र उपचार नपाउँदा उनको मृत्यु भएको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका १० दिनसम्म पनि ती युवाको कोरोना परीक्षण हुन सकेको थिएन । समयमै परीक्षण नहुँदा उनलाई आइसोलेसनको साटो गाउँमै रहेको क्वारेन्टाइनमा अरू ७९ जनासँगै राखिएको थियो । त्यही क्रममा शनिबार बिहान चिया खाएर सुतेका उनी ओछ्यानमै मृत भेटिएका हुन् ।
समयमै पीसीआर परीक्षण नभएका कारण उनले आवश्यक उपचार नै पाउन सकेनन्। कोरोना आशंकामा उनलाई क्वारेन्टाइनबाहिर जाने अनुमति पनि दिइएको थिएन । परीक्षणमा भएको ढिलाइ र उपचारमा भएको लापरबाहीका कारण ती युवाले क्वारेन्टाइनमा प्राण त्यागेको आफन्तले गुनासो गरेका छन् ।
उनको मृत्यु भएपछि मात्र शनिबार नै स्वाब परीक्षण गरिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गतको जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले मृतक युवाको पीसीआर रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेका हुन् । मृतक युवाका आफन्तले समयमै परीक्षण र उपचार नगर्दा क्वारेन्टाइनमै मृत्यु भएको बताएका छन् ।
‘भारतबाट फर्किंदा बाटोमा सामान्य ज्वरो आएको थियो, यहाँ आइसकेपछि बेलैमा परीक्षण भएन’ मृतकका दाइ भन्छन्, ‘भेडा हुले जस्तै क्वारेन्टाइनमै थुन्ने काम मात्र भयो, समयमै परीक्षण गरेर उपचार गरिदिएको भए ज्यान जाने थिएन ।’ उनले ज्यानमारा क्वारेन्टाइनमा थुनेर राख्दा भाइको मृत्यु भएको दुखेसो पोखे ।
दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले पनि परीक्षणमा भएको ढिलाइका कारण युवाले उपचार नपाएरै मृत्युवरण गर्नुपरेको बताए । मेयर भण्डारीका अनुसार परीक्षणका लागि क्वारेन्टाइनमा बसेकोहरूका स्वाब पठाइए पनि परीक्षण समयमै नहुँदा थप जोखिम बढेको छ ।
मृतक युवा एक वर्षअघि रोजगारीका लागि भारतको अहमदाबाज पुगेका थिए । उनी त्यहाँको एक होटलमा काम गर्थे । कोरोना संक्रमण बढ्दै गएपछि भने उनी ज्यान जोगाउन साथीहरूसँगै जन्मघर फर्किएका थिए । तर, उनले स्वदेश आएर पनि ज्यान जोगाउन सकेनन् । मृतकका श्रीमती, एक छोरा र एक छोरी छन् ।
पछिल्लो समय भारतबाट भित्रिनेको संख्या बढेको छ । उनीहरूसँगै कोरोना पनि भित्रिएको छ। स्थानीय तहमा रहेका क्वारेन्टाइन भरिभराउ छन्। राख्ने स्थान नहुँदा उनीहरूलाई कोचेर राखिएको छ । तर, पीसीआर परीक्षणमा भएको सुस्तताले कर्णालीमा थप जोखिम बढेको छ । समयमै परीक्षण नगर्ने र मृत्यु भएपछि मात्र परीक्षण गर्ने कार्यले क्वारेन्टाइनमा बसेकाहरू त्रसित हुन थालेका छन् ।
प्रदेश सरकारले परीक्षण र उपचारमा ध्यान नदिँदा क्वारेन्टाइनमै अन्य रोगले पीडित बिरामीको पनि ज्यान जाने खतरा बढेको छ । किट अभावका कारण समयमै परीक्षण हुन नसकेको र भारतबाट फर्किएकाहरूलाई क्वारेन्टाइनभित्रै हुल्नुको स्थानीय तहसँग विकल्प नभएको गाउँपालिका महासंघ कर्णालीका संस्थापक अध्यक्ष कवीन्द्रकुमार केसीले बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: