Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सिमानामा क्वारेन्टिन निर्माण गर्न माग

जाजरकोट । कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहँदा दिनहुँ बाहिर जिल्ला र विदेशबाट आउनेले प्रहरीलाई झस्काउने गर्दछ । जाजरकोट र सुर्खेतको सिमाना रहेको शिवालय गाउँपालिका–१ छेडाबजारमा रहेका प्रहरीलाई दैनिक हैरानि हुँदै आएको छ ।

दिनमा भन्दा राति बढी मानिस बाहिर जिल्ला , भारत र अन्य मुलुकबाट आउने मूलबाटो यही हो । प्रहरीसँग व्यक्तिगत सुरक्षा सामग्री पनि छैन । अन्य मानिसलाई उपलब्ध गराउने सामग्री तथा खाद्यान्न नहुँदा दैनिक हैरानी हुँदै आएको छ । भोकै रहेका र क्वारेन्टिनमा बस्न नमान्ने मानिसको आगमन हुँदा प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको यहाँका प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “प्रहरीले व्यक्तिगतरुपमा यहाँ आएका नागरिकलाई सम्झाउन मुस्किल पर्ने अवस्था छ । हामीसँग भोकभोकै आएकालाई खाना खुवाउने आवश्यक रकम समेत छैन । उनीहरु पनि पैसा छैन भन्छन् ।”

जाँचबिना आएका मानिस नियन्त्रण गर्न हामीसँग जनशक्तिसमेत कम हुँदा थप समस्या भएको भन्दै उनले थपे, “बाहिरबाट आएका व्यक्तिलाई होटलमा समेत राख्न नमान्दा अर्को हैरान हुँदै आएको छ । प्रहरीले आफ्नो तलबबाट स्थानीय पसलबाट चाउचाउ किनेर नास्ता खुवाई नजिकै रहेको ओडारमा सुताउने गरेको छ ।”

राति राति आउने मानिसका कारण जोखिम बढ्दै आएको प्रहरीको भनाइ छ । प्रहरीले सिमाना क्षेत्र प्रत्येक गाउँपालिकाका एकजना व्यवस्थापक पठाउनसमेत र सीमा क्षेत्रमा खटिएका प्रहरीको स्वास्थ्य जाँच गराउनसमेत आग्रह गरेको छ ।

जाजरकोट, पश्चिम रुकुम, डोल्पालगायत जिल्लाका मानिस आउने मुख्य नाका रहेको छेडाबजारमा प्रहरीलाई दैनिक हैरान भएको स्थानीय पूर्णसमिर महतराले जानकारी दिए। उनले भने, “प्रहरीले क्वारेन्टिनमा बस्नुपर्ने भनेर रोक्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोज्छन् । यस्तो अवस्थामा कसरी काम गर्ने ? यहाँ सबै गाउँपालिकाले आफ्ना कर्मचारी तथा जनप्रतिनिधि खटाउनुपर्छ । धेरै मानिस प्रहरीसँग भिडेर, लुकीछिमी घरमा गएर बस्ने गरेका छन् ।”बाहिरबाट आएका मानिसलाई व्यवस्थापनमा चुनौती देखिएकाले सो बजारमा क्वारेन्टिन निर्माण गर्न प्रहरी र स्थानीयवासीले माग गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending