चिप्लेढुङ्गा । बन्दाबन्दी छ, रोजगार नहुँदा धेरैलाई आर्थिक समस्या सिर्जना हुन थालेको छ । कास्की, माछापुच्छ्रे गाउँपालिका वडा नं २ मेप्राङकी ४५ वर्षीया सीमा तामाङलाई भने बन्दाबन्दीले छोएको छैन । बिहानै उठ्नु र डेढ घण्टा हिँडेर जङ्गलतिर निउरो खोज्न जानु उनको अहिलेको दिनचर्या हो ।
पोखरा महानगरपालिका–१९, लामाचौरको सडकमा हातभरि काली निउरो लिएर बेच्दै गर्दा भेटिएकी तामाङ्गले आफूलाई बन्दाबन्दीले खासै असर नगरेको बताइन् । उनले भनिन् “कोरोना आएको छ भनेर लकडाउन भएको रे, हामी त गाउँमा काम गर्छौ, एक दिन निउरो खोज्न जान्छाै, अर्को दिन निउरो बेच्न आउँछौँ, निउरो बिकिहाल्छ, समस्या छैन ।” उनी कहिले एक्लै त कहिले साथीभाइसँग निउरो खोज्न जाने गर्छिन् । निउरोले बन्दाबन्दीमा पनि दिन सप्रिएको उनको भनाइ छ ।
बिहान काली निउरो पछ्यौरामा बाँधेर बिक्रीका लागि बजार झरेकी उनले भनिन्, “म बिहान ५ बजे साठी मुठा निउरो लिएर बेच्न बजार झरेकी हुँ, पाँच घण्टा लाग्यो, पचास मुठा बेचिसकँे, अब दश मुठा बाँकी छ, एक छिन यतै बसेर बेच्छु ।” उनले एक मुठा निउरोको रु ५० मा बिक्री गरेकी छिन् । “अहिले निउरो पाइने याम हो, हरेक वर्ष म निउरो टिपेर बिक्री गर्ने गर्छु, हरेक याममा ६० हजार रुपियाँ जतिको निउरो बिक्री गर्दै आएकी छु, दिनमा लगभग तीन हजारको निउरो बिक्री हुन्छ ।” त्यसो त उनले टुसा पाइने समयमा त्यसको व्यापारसमेत गर्दै आएको बताइन् । निउरो र टुसाको व्यापारबाट वार्षिक रु एक डेढलाख जति कमाइ हुने उनको भनाइ छ ।
उनी निउरो टिप्न खासै गाह्रो नहुने तर सिस्नो र जुकाबाट भने जोगिनुपर्ने बताउछिन् । “वर्षा याममा निउरो जति पनि पाइन्छ तर जुकाले टोक्ने र सिस्नोले पोल्ने गर्छ, डेढ घण्टाको जङ्गलमा बिहान ७ बजे गएर निउरो लिएर फर्कँदा बेलुका ६ बज्ने गर्छ ।”
लामो समयदेखि पोखराको चिप्लेढुङ्गामा निउरोको व्यापार गर्दै आएकी सन्तु क्षेत्रीले यस याममा भने पर्याप्त निउरोको व्यापार गर्न नपाएको बताइन् । “म यो सिजनमा निउरो मात्रै व्यापार गर्थेँ तर अहिले बन्दाबन्दीले गाउँबाट निउरो झरेको छैन, केहीले आफैँ टिपेर बिक्री गर्दै आएका छन् । हामीले पर्याप्त खरीद गरेर बिक्री गर्न पाएका छैनौँ”, निउरो व्यापारी क्षेत्रीले भनिन् ।
पोखरा आसपासका तालतलैया र जङ्गलका झाडीमा निउरो पाइन्छ । चिप्ले निउरो र मोटो डाँठ भएको काली निउरो दुई खालका हुन्छन् । विशेष गरी अचार र तरकारी खान मोटो डाँठ हुने निउरो ग्राहकले खोज्ने गरेको क्षेत्रीको भनाइ छ । विभिन्न क्षेत्रका व्यापारीसँग निउरो खरीद गरेर रु ८० देखि एक सयसम्म बेच्ने गरेको र यस याममा जम्माजम्मी तीन सय मुठा मात्र बेच्न सकेको उनले बताइन् । निउरो खरीद गरिरहेकी पोखरा ८, न्यूरोडकी शर्मिला गुरुङले भनिन्, “निउरोको अचार र तरकारी स्वादिष्ट हुन्छ ।”
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: