Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

एक सातामै १३ हजार कर्णाली छिरे : व्यवस्थापन सकस

सुर्खेत । यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं. ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी, गौरीफण्टा सीमा नाकाबाट दैनिक हजारौँको सङ्ख्यामा नागरिक बबई पुग्दा स्वास्थ्य जाँच तथा खानपिनमा समस्या भएको छ ।

भारतका विभिन्न सीमानाकादेखि दैनिक हजारौंँ नागरिक नेपाल छिर्ने र त्यसमा अधिकांश मान्छे कर्णालीको बबई पुग्न थालेपछि कर्णाली प्रदेश सरकारलाई थेग्न हम्मे हम्मे भएको छ । बबई नाकामा ठूलो सङ्ख्यामा नागरिक पुग्दा स्वास्थ्यकर्मीलाई आरडिटी गर्न गाह्रो भएको छ । यो समस्या देखिएपछि अहिले प्रदेश सरकारले सम्बन्धित गाउँपालिकामै नागरिक जान दिइएको र उनीहरुलाई त्यही जाँच्ने गरी आरडिटी उपलब्ध गराइएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।

“हामीले २० देखि २३ हजार कर्णालीवासी नागरिक आउँछन् भन्ने अनुमान गरेका थियौँ”, उनले भने, “यद्यपि अनुमानित सङ्ख्याभन्दा बढी नागरिक भित्रिने देखियो ।” एकैपटक चार हजारभन्दा बढी नागरिक गाडीको हुल बनाएर आउन थालेपछि केही बबई र केही सम्बन्धित स्थानीय तहमै आरडिटी जाँच गर्ने तवरबाट प्रदेश सरकार लागिरहेको मन्त्री रावलले बताए ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जेठ १ गतेयता कर्णाली प्रदेशमा १७ हजार ६० नागरिक प्रवेश गरेको बताए। “एक साताभित्र कर्णाली छिर्ने नागरिकको सङ्ख्या १३ हजार ८६ छ”, उले भने, “जेठ १०–१३ गतेभित्र मात्र ११ हजार ५६९ नागरिक कर्णाली आएका छन् । तीमध्ये १२ गतेमात्र चार हजार २९७ नागरिक कर्णाली प्रवेश गरेका छन् ।”

भारतबाट कर्णाली फर्कने सबैभन्दा बढी दैलेखका साढे ६ हजार नागरिक रहेको उहाँले बताउनुभयो । दैलेख जिल्ला प्रशासन कार्यालयका अनुसार भारतबाट दैलेख आउने नागरिकको सङ्ख्या ४२ हजार छ । सूचना अधिकारी रायमाझीका अनुसार कर्णाली प्रदेशको डोल्पा जिल्लामा भने भारतबाट आउने नागरिकको सङ्ख्या शून्य रहेको छ ।

भारतले रेल बुकिङ सेवा शुरु गरेयता यहाँ नागरिकको सङ्ख्या ह्वात्तै बढेको छ । दैनिक भारतबाट कर्णाली भित्रिने नागरिक बढेसँगै एक साताभित्र कोरोना सङ्क्रमितको सङ्ख्या २३ पुगेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

ज्याला मजदुरीका लागि भारत गएकाहरुको स्वदेश फर्कने क्रम रोकिएको छैन । भारतबाट स्वदेश फर्कने नागरिक अधिकांश कर्णालीकै भएकाले यहाँ आउने नागरिकको सङ्ख्या अझ बढ्ने देखिन्छ । बाहिरबाट आउने नागरिकका कारण कर्णालीमा कोरोनाको जोखिम बढेको चिकित्सकले बताउँदै आएका छन् । भारतबाट भित्रिनेहरुको स्वाब सङ्कलनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट चिकित्सक टोली दैलेख पठाउने तयारी भइरहेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले जानकारी दिए ।

विश्वव्यापीरुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउन र त्यसले खोसिएको रोजगारीले भारतमा अलपत्र परेका नेपाली मातृभूमि फर्किनुको विकल्प पनि छैन । यद्यपि करिब दुई महिनासम्म कोरोना सङ्क्रमण नदेखिएको कर्णालीमा जेठ १ गते भारतबाट फर्केका २३ जनामा कोरोना सङ्क्रमित भेटिएपछि यहाँका नागरिकमा त्रास बढ्दै गएको छ ।

भारतको गुजरातबाट आएका सुर्खेत चिङ्गाड गाउँपालिकाका एक युवाको मङ्गलबार राति नै कर्णाली प्रदेश अस्पतालमा ज्यान गइसकेको छ । यता प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले पछिल्लो समय कर्णालीको अवस्था भयावह बन्दै गएको र बोर्डरमा क्वारेन्टिनको जिम्मा नेपाली सेनालाई समयमै दिनका लागि नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमानाकामा नेपाली सेनालाई क्वारेन्टिन व्यवस्थापनको जिम्मा नदिए र आरडिटी जाँच गर्ने व्यवस्था मिलाउन नसकिए कर्णालीमा भयावह अवस्था आउने निर्देशक डा खड्को भनाइ छ । प्रदेश सरकारले पनि यसअघि नै भारतबाट आउने नेपालीलाई सीमानाकामै परीक्षण गरी क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन नेपाल सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई आग्रह गरिसकेको छ ।

भारतमा कर्णाली प्रदेशका ८० हजार नागरिक रहेको प्रदेश सरकारले बताएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending