न्युगिनी र जर्सीसँगको खेल टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछदुई खेल मात्र खेलेको पपुवा न्युगिनी दोस्रो स्थानमा छ । उसले एकमा जित र एकमा बराबरीको नतिजा निकालेको छ । जर्सीविरुद्धको खेलमा जित हात पारे न्युगिनी दोस्रो स्थानमै कायम रहनेछ । अब नेपालले पपुवा न्युगिनी, जर्सी र हङकङसँग खेल्न बाँकी छ । विश्वकपमा छानिने आशा जिवित राख्न नेपालले बाँकी खेल जित्नुपर्नेछ । साथै, अरु टिमको नतिजामा पनि भर पर्नेछ । रनरेट माइनसमा भएकोले एक खेल मात्रै हार्दा पनि नेपाल कठिन अवस्थामा देखिएको हो । नेपालले पहिलो खेलमा अमेरिलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा वर्षा बाधक बन्दा नामिबियासँग एक एक अंक बाडेको थियो । नेपालले अब बुधबार हङकङ, शुक्रबार पपुवा न्युगिनी र शनिबार जर्सीसँग खेल्नेछ । न्युगिनी र जर्सीसँगको खेल टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ ।
प्रतिकृया लेख्नुहोस्: