लम्की । कैलालीको टीकापुर अस्पतालमा रहेका कोभिड –१९ संक्रमित तीनै जनाको अवस्था सामान्य छ । उनीहरुमध्ये ४० वर्षीय एक जनालाई सामान्य रुघा लागेको छ भने अन्य १९ र २१ वर्षीय युवकलाई केही समस्या देखिएको छैन ।
चालीस वर्षीय पुरुष भारतको महाराष्ट्रबाट आएका हुन् भने १९ वर्षीय युवक सुनसरीको इटहरी र २१ वर्षीय युवक बाँकेको नेपालगञ्जबाट आएका हुन् । कैलालीको जानकी गाउँपालिका ७ घर भएका २१ वर्षीय युवक गत वैशाख २९ गते बाँकेबाट आएका हुन् । बाँकेमा अध्ययनरत उनी एम्बुलेन्समा आएर पाँच दिन घर बसेपछि जानकी–७ का वडाध्यक्ष लक्ष्मण चौधरी उनको घरमै गएर युवकलाई क्वारेन्टाइन बस्न आग्रह गरे ।
गाउँपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएका १६ जनाको स्वाब परीक्षण गर्दा शुक्रबार तीन जनाको नतिजा पोजेटिभ आएको हो । टीकापुर अस्पतालमा भर्ना गरिएका उनीहरुको दैनिक दुई पटक ज्वरो नाप्ने गरिएको छ । त्यसबाहेक चिकित्सकबाट नियमित जाँच भइरहेको छ । कोरोना संक्रमितलाई अस्पतालमा राखिएपछि त्यहाँ त्रास बढेको छ । अस्पतालमा नियमित उपचारमा आउनेहरु घटेका छन् । ‘‘संक्रमितहरुमा समस्या छैन । संक्रमित राखेपछि अस्पतालमा आउने बिरामी भने घटेका छन्’’, टीकापुर अस्पतालका डा जीतेन्द्र कँडेल भन्छन्, ‘‘अस्पतालमा दैनिक तीन सय पचास जनासम्म बिरामी आउँथे । आजभोलि एक डेढ सय जना मात्र आउन थालेका छन् ।’’
अस्पतालले दुई साताअघि मात्र बहिरङ्ग सेवा सञ्चालनमा ल्याएको थियो । ओपिडी सेवा सञ्चालनमा आएपछि बिरामीको संख्या बढेको थियो । डा कँडेलले अस्पतालले नियमित सेवा दिइरहेको बताए । ‘‘हामी डराएका छैनौँ, यस समयमा हामीले दिने सेवा थप गरेका छौँ’’, डा कँडेलले भने, ‘‘बिरामीको एकै समयमा भीड नहोस् भनी २४ सै घण्टा ल्याब र एक्सरे सेवा शुरु गरेका छौँ ।’’
अस्पतालले बालबालिकाका लागि नियमित खोप र प्रसूति सेवा निरन्तर दिइएको जनाएको छ । संक्रमितहरु अस्पतालले दिएको सेवाप्रति सन्तुष्ट छन् । संक्रमितमध्येका २१ वर्षीय युवक आवश्यक सेवा समयमै पाइरहेको बताउँछन् । ‘‘पानीको कार्टुन राखिदिएको छ । खानेकुरा समयमै पाइएको छ’’, उनी भन्छन्, ‘‘अस्पतालले बिहान चिया, दिनमा दुई पटक खाना र एकपटक खाजा दिने गरेको छ ।’’
उनका अनुसार तीनै जनालाई एउटै कोठामा बासको व्यवस्था गरिएको छ । ‘‘शौचालय, बाथरुम सोही कोठामा छ, बस्नलाई खासै समस्या छैन’’, युवकले भने, ‘‘२४ सै घण्टा कोठामा बस्न कठिन हुने रहेछ । मसँग त मोबाइल छ । अन्य दुई जना संक्रमितसँग मोबाइल नि छैन ।’’
अस्पतालले इन्टरनेट जडान गरिदिएको छ । उनीहरु त्यही एउटा भएको मोबाइलमा गीत बजाउँछन् । गफ गरेर समय व्यतीत गछैन् । उनीहरुले आफूमा बिरामीको कुनै लक्षण नदेखिएको तर कोरोना लागेको बताएपछि भने मनमा त्रास बढेको बताए । ‘‘अलिअलि डर पनि लागेको छ तर तीनै जनाले कोरोना संक्रमणलाई हराउँछौँ भन्ने हिम्मत गरेका छौँ’’, संक्रमितमध्येका १९ वर्षीय युवक भन्छन्, ‘‘डाक्टरले केही हुन्न भन्नुभएको छ । डाक्टरको कुरा सुन्दा डर हट्ने गरेको छ ।’’
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: