Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

उपत्यकामा पनि बढ्यो कोरोनाको जोखिम, थप क्वारेन्टाइन जरुरी

काठमाडौं । कोरोना भाइरस रोग ९कोभिड–१९० सङ्क्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यकामा थप क्वारेन्टाइन आवश्यक पर्ने भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ- काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहमा यसअघि नै विदेशबाट फर्केका नागरिकलाई लक्षित गरी निर्माण गरिएको क्वारेन्टाइनको स्तरोन्नति समेत गर्नुपर्ने देखिएको छ ।

यसअघि नै कतिपय स्थानीय तहले क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि आवश्यक संख्यामा क्वारेन्टाइन बनाएका छैनन् । कुनै पनि समय उपत्यकामा कोरोना भाइरस रोगका सङ्क्रमित आकस्मिक रूपमा बढ्न सक्ने र ती व्यक्तिलाई राख्न क्वारेन्टाइन निर्माण अत्यावश्यक छ ।

उपत्यकाका नागरिकले सजगता अपनाएकाले काठमाडौंमा अहिलेसम्म सङ्क्रमितको संख्या उल्लेख्य रूपमा बढ्न भने सकेको छैन । यद्यपि परीक्षणको दायरा फराकिलो पार्ने क्रमसँगै थप सङ्क्रमित देखिन सक्नेछन् ।

काठमाडौं, ललितपुर र भक्तपुर संकट व्यवस्थापन केन्द्र अर्थात् क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीएमसी० का अनुसार अहिले स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइन व्यवस्थित नभएकाले त्यसको व्यवस्थापन अत्यावश्यक छ ।

जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख एवं सीएमसी काठमाडौंका सल्लाहकार शिवसुन्दर राजवैद्यले उपत्यकामा पालिकाले सीएमसीलाई जानकारी दिनका लागि मात्र निश्चित संख्यामा क्वारेन्टाइन निर्माण गरेको बताए ।

‘काठमाडौँका ११ वटै स्थानीय तहसँग क्वारेन्टाइन निर्माण गर्ने ठाउँ छ तर क्वारेन्टाइन निर्माणको व्यवस्था गरिएको छैन’, उनले भने, ‘क्वारेन्टाइन भए पनि पूर्ण तयारी अवस्थामा भने छैनन् ।’

कोरोना सङ्क्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यकामा क्वारेन्टाइनलाई अग्रिम रूपमा व्यवस्थापन गर्न सकिएन भने उपत्यकामा पनि अवस्था भयावह हुन सक्नेप्रति वैद्यले चिन्ता व्यक्त गरे । यस विषयलाई आफूले पटक पटक सीएमसीको बैठकमा उठाउने गरे पनि कार्यान्वयनमा नआएकाले अब गम्भीर बन्नुपर्ने अवस्था आएको उनले स्पष्ट गरे ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: