Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

कोरोना कहर : ४९ लाख नजिक संक्रमित, ३ लाख २० हजारको मृत्यु

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ४८ लाख ९४ हजार ९८ जना पुगेको छ भने ३ लाख २० हजार १८० जनाको मृत्यु भइसकेको छ ।

कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा संक्रमित र मृत्युदर रोकिएको छैन । ब्राजिल र रसिया कोरोनाका नयाँ इपिसेन्टर बनिरहेको अवस्थामा छिमेकी मुलुक भारतमा समेत खतराको साईरन बजिसेको छ ।

अहिलेपनि विश्वभर संक्रमित भएर उपचार गराईरहेका मानिसहरुको संख्या ठुलो छ । २६ लाख ६५ हजार ८५४ जना उपचारको क्रममा छन् भने ४४ हजार ७६७ जना गम्भिर अवस्थामा छन् । अहिलेसम्म १९ लाख ८ हजार ६४ जना संक्रमित उपचार पछि घर फर्किएका छन् ।

अमेरिकामा बढ्दै

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या पछिल्ला दिनमा घट्दै जाँदा सोमबार फेरि बढेको छ ।

गत हप्ताको सुरुआती दुई दिन आइतबार र सोमबार त्यो संख्यामा कमी आए पनि मंगलबारदेखि फेरि पुरानै लयमा संक्रमित र मृतक बढेका थिए ।

तर आइतबार संक्रमित १९ हजार ८९१ जना थपिएका थिए । शनिबार २३ हजार ५८९ जना थपिएका थिए । यो आँकडा हेर्दा सोमबार घट्ने अनुमान भएकामा बढेर २२ हजार ४४६ जना थपिएका छन् ।
विश्वभर ४८ लाख ८८ हजार संक्रमित हुँदा अमेरिकामा मात्रै १५ लाख ५० हजार नाघेको छ । मृतक संख्या ९१ हजार ९ सय ८१ पुगेको छ ।

नयाँ मृतक २४ घण्टामा १ हजार ३ थपिएका छन् । आइतबारको तुलनामा मृतक बढेका छन् । आइतबार मृतक ८६५ थपिएका थिए । शनिबार १ हजार ८९ जना थपिएका थिए ।

यसअघिका दिनमा दैनिक १५ सय भन्दा बढीको ज्यान जाँदै आएको थियो । निको हुनेको संख्या ३ लाख ५५ हजार ८२१ पुगेको छ ।

इटली र स्पेनमा ह्वात्तै घट्यो मृतक संख्या

इटली र स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ह्वात्तै घटेको छ ।

इटलीमा मार्च ९ पछि पहिलो पटक संक्रमणबाट एक दिनमा हुने मृत्युको संख्या १०० भन्दा कम देखिएको छ । सोमबार त्यहाँ ९९ जनाको मृत्यु भएको छ ।

स्पेन पनि पछिल्लो दुई महिना कोरोना महामारी संग नराम्ररी लडिरहेको छ । तर, पछिल्लो समय भने कोरोनाबाट संक्रमित र मृतक संख्या घटिरहेको छ ।

पछिल्लो तथ्याङकका अनुसार, स्पेनमा सोमबार संक्रमणको कारण कुल ५९ जनाको ज्यान गएको छ ।

यी दुई देशहरू जो कोरोना संक्रमणबाट नराम्ररी प्रभावित थिए, अब सुधार भइरहेका छन् । दुबै देशहरूमा अब मर्नेहरूको संख्या लगातार घट्दै गइरहेको छ ।

जोन्स हपकिन्स विश्वविद्यालयको तथ्याङकका अनुसार इटलीमा अहिलेसम्म २ लाख ५५ हजार बढी संक्रमित हुँदा ३२ हजार ७ को मृत्यु भएको छ । त्यस्तै, २ लाख ७८ हजार संक्रमित हुँदा २७ हजार ७ सय ९ को ज्यान गएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending