जनकपुर । प्रदेश नं २ को आठ जिल्लामध्ये अहिलेसम्म कोरोना सङ्क्रमित पुष्टि नभेटिएको सिरहामा ¥यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० किटको अभाव भएको छ । जिल्लामा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले जिल्लामा किटको अभाव भएको हो । किट अभाव भएपछि परीक्षण प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।
सिरहासँग जोडिएका प्रदेश नं २ को सप्तरी र धनुषा तथा प्रदेश नं १ को उदयपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको प्रदेश नं २ को एक्लो जिल्ला सिरहामा जोखिम बढेको छ तर परीक्षण गर्ने आरडिटी किटको अभाव हँुदा परीक्षण प्रभावित भएको प्रमुख यादवले बताए ।
“करिब दुई साताअघि ६०० किट आएको थियो”, प्रमुख यादवले भने, “आएको किट सबै प्रयोग भइसकेको छ, अब हामीसँग किट छैन ।” दैनिक जाँचका लागि विभिन्न स्थानीय तहबाट १०० हाराहारीमा किटको माग भइरहेको छ, तर अभावका कारण दिन सकिरहेका छैनौँ, प्रमुख यादवको भनाइ छ ।
किट पठाइदिन प्रदेश नं २ को स्वास्थ्य निर्देशसनालय र सामाजिक विकास मन्त्रालयसँग माग गरेको र आएपछि आरडिटी जाँच अघि बढाउने प्रमुख यादवले बताए । किटकै अभावमा सिरहा जिल्लामा कोरोना परीक्षणको दर बढ्न सकेको छैन । हालसम्म सिरहामा ४६० जनाको पिसीआर परीक्षण भएको छ भने ५५० जनाको आरडिटी परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । जाँच भएका सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख यादवले जानकारी दिए। सिरहामा एक जना मात्र धनगढीमाई नगरपालिकास्थित गेनाइ मेमोरियल अस्पतालको आइसोलेसनमा रहेका छन् ।
यता पूर्वको सप्तरी, पश्चिमतर्फको धनुषा, उत्तरतर्फको उदयपुर र दक्षिण भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अहिलेसम्म कोरोना सङ्क्रमण नपाइएको सिरहालाई सुरक्षित राख्ने चुनौती बढेको छ । प्रदेश नं २ को सिरहाबाहेक सातवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ । पर्सामा ८२, बारा र रौतहटमा तीन–तीन, महोत्तरी र धनुषामा दुई–दुई र सर्लाही र सप्तरीमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालय जनकपुरका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।
कोरोना प्रभावित जिल्लाका साथै खुला सिमानाका कारण भारतबाट समेत लुकीछिपी मानिस आउजाउ गरिरहेका कारण सिरहा जोखिममा परेको स्थानीयवासीले बताएका छन् । प्रभावित स्थानबाट हुने आवतजावतलाई पूर्णरूपमा रोक्न नसिकए सिरहा पनि सङ्क्रमणको चपेटामा पर्न सक्ने लहानका स्थानीयवासी तथा वडा नं ७ का वडाध्यक्ष राकेश गुप्ता रोशनको बताए ।
“कोरोना सङ्क्रमण भेटिएको सप्तरी, धनुषा तथा उदयपुरबाट समेत आवतजावत भइरहेकै छ”, वडाध्यक्ष गुप्ताले भने, “दैनिक खाद्यान्नसहितका मालवाहक सवारी साधन तथा अन्य सवारी साधन कोरोना प्रभावित उदयपुर जिल्ला ओहोरदोहर गरिरहेका छन्, जसका कारण सिरहा जिल्ला जोखिममा छन् ।” यसरी दैनिक भइरहेको आवतजावतलाई नियन्त्रण गर्नु अर्को जिल्लाबाट आउने सवारी साधनको प्रवेश रोक्नुपर्ने उनको कथन छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागार्इँले सिरहा जिल्लासँग जोडिएको चारैतिरको नाका बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनले सिरहा जिल्लासँग जोडिएका जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भइसकेकाले ती जिल्लाबाट हुने आवतजावत रोक्न नाकामा व्यापक सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिए । यसका साथै जिल्लामा लकडाउनलाई समेत आजदेखि थप कडाइ गरिएको उनको कथन छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: