Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

सिंहदरबारको अधिकार घरमा आएको अनुभूति गर्दै ज्येष्ठ नागरिक

कास्की । पोखरा महानगरपालिका–२० भलामका ७० वर्षीय रेवतीविलास पौडेलले यतिखेर सिंहदरबारको अधिकार घरमै आएको अनुभूति गरेका छन्। मुटु र मिर्गौला रोगको लामो समयदेखि औषधि सेवन गर्दै आएका ७० वर्षीय पौडेलले दुःख परेको बेला आवश्यक औषधि घरमै आएपछि अधिकार प्राप्त भएको अनुभूति गरेको हो ।

उच्च रक्तचाप र दमको रोगबाट पीडित पोखरा महानगरपालिकाको कर्णालीका रूपमा परिचित वडा नं २० कै मौजाकी ८१ वर्षीया दिलशोभा गुरुङले भने, “औषधि सकिएर चिन्तामा परेको अवस्थामा हातमै औषधि पाएपछि बाँच्ने आशा पलायो ।” मधुमेह, उच्च रक्तचापलगायका विभिन्न छ थरिका औषधि दैनिक प्रयोग गर्दै आएका स्थानीय समाजसेवी ७० वर्षीय तेजबहाुर गुरुङ र मुटुरोगीसमेत रहनुभएकी मनकुमारी पौडेलले निःशुल्क औषधि पाएपछि खुशी व्यक्त गरे।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न सरकारले गरेको बन्दाबन्दीका कारण औषधि सकिएको बेलामा जनप्रतिनिधि घरघरै पुगेर हातहातमा औषधि बाँडेपछि उनीहरुमा खुशीयाली छाएको हो । बन्दाबन्दीको अवधि लम्ब्याउँदै गएपछि पोखरा महानगरपालिका–२० का जनप्रतिनिधिले वडाभित्रका उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक समस्या, दम तथा थाइराइडलगायतका रोगको नियमित औषधि सेवन गर्ने ४४५ जनालाई निःशुल्क औषधि वितरण गरिएको वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार वडास्तरबाट स्वास्थ्य क्षेत्रमा छुट्याएको रकममा केही थप गरी राहतस्वरुप पहिलो चरणमा रु दुई लाख ५० हजार बराबरको औषधि वितरण गरिएको हो । बन्दाबन्दीका कारण विकट ग्रामीण भेगमा बसोबास गर्ने बिरामी पोखरा बजारसम्म आउन समस्या झेल्नुपर्ने र बजार आए पनि औषधि नपाउने समस्या भएको देखिएकाले बुबाआमालाई घरघरमा पुगेर हातहातमा औषधि वितरण गरेको उनले जानकारी दिए।

वडा सदस्य भीमप्रसाद बाँस्तोलाका अनुसार आफूहरु वडावासीको दुःखसुखमा साथ दिनका लागि जनप्रतिनिधि भएको भन्दै वडाबाट प्रदान गरिने सेवासुविधा सबैलाई समानरूपमा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

वडाभित्र दैनिक औषधि सेवन गर्ने सम्पूर्ण दीर्घरोगीको तथ्याङ्क तयार गरेर सोहीअनुसारका खरिद गरी औषधि प्रत्येक ज्येष्ठ नागरिकको घरमै पुगेर वितरण गरेको बताउँदे उनले भने, “छुटपुट भएका १५ बिरामीको पनि लगत तयार गरिएको छ, निकट भविष्यमा औषधि वितरण गर्ने तयारी भइरहेको छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: