Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

कोरोना मुक्तिको कामना गर्दै बागलुङमा विश्वशान्ति महायज्ञ शुरु

गलकोट । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को शान्तिको कामना गर्दै बागलुङमा श्रीमद्भागवत् कोरोना विश्वशान्ति महायज्ञ शुरु गरिएको छ ।

कोरोना भाइरसको सङ्कटबाट विश्वलाई मुक्ति दिलाउनका लागि सातदिने विश्वशान्ति महायज्ञ शुरु गरिएको हो । जिल्लाको बागलुङ नगरपालिका–४ कुँडुलेस्थित जलेश्वर महादेव मन्दिरमा विश्वशान्ति महायज्ञको आयोजना गरिएको छ । महायज्ञमा बाहिरी भक्तजनलाई भने निषेध गरिएको छ । भक्तजनलाई महायज्ञ सुन्नका लागि माइकिङबाट प्रसारणको व्यवस्था मिलाइएको छ ।

सारा विश्वमा सङ्कटका रुपमा पैदा भएको कोरोना भाइरसबाट मुक्ति दिइ शान्ति पैदा गर्न र विश्वमा मुत्युवरण गरेकाको सम्झनामा श्रीमद्भागवत् महापुराण कोरोना विश्वशान्ति महायज्ञको आयोजना गरिएको जलेश्वर महादेव मन्दिरका संस्थापक एवं महायज्ञका मूल अर्चक चन्द्रदत्त आचार्य (स्वामी चन्दन गिरि)ले बताए ।

परापूर्वकालमा ऋषि महर्षीले महामारीका समयमा विभिन्न यज्ञको आयोजना गरी विश्वशान्तिको कामना गर्न पाइएको भन्दै आचार्यले परम्परालाई निरन्तरता दिँदै यज्ञ आयोजना गरेको बताए । यज्ञमा पूर्णरूपमा सामाजिक दूरी कायम गरिएको छ । कार्यक्रममा मूल वाचकका रूपमा विश्व हिन्दू सङ्गठनका दक्षिण एशिया प्रमुख चन्द्रकान्त पौडेल एवं उपवाचकका रूपमा पण्डीत श्री हरिकृष्ण रेग्मी हुन् । कार्यक्रम सात दिनसम्म चल्नेछ ।

महायज्ञमा भीडभाड गर्न निषेध गरिएको छ भने माइकमार्फत घरमै बसेर कथा एवं पाठ पारायण सुन्न अनुरोध गरिएको छ । महायज्ञमा कोरोना सङ्कट मुक्तिका लागि दीप प्रज्वलन, दीप पूजा, लक्ष्मी पूजा, गणेश पूजा, भागवत पाठपारायण, आरती भजन र भागवतको कथालगायतका कार्यक्रम दैनिकरुपमा गरिँदै आएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: