Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

खाडी मुलुकमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या यकिन गर्नै समस्या

काठमाडौं । नेपाली कामदारहरू कार्यरत अधिकांश खाडी मुलुकहरूले सङ्क्रमितहरूको राष्ट्रियता नखुलाउँदा ती देशहरूमा कति नेपाली नागरिक कोरोनाभाइरसबाट सङ्क्रमित भए भन्ने यकिन गर्न गाह्रो भएको अधिकारीहरूले बताएका छन्।

नेपाली कामदारहरू रहेका विभिन्न देशका राजदूतहरूका अनुसार \'त्यहाँको सरकारले राष्ट्रियता नखुलाउने नीति लिँदा नेपालीको विवरण पाउनू निकै कठिन भएको हो।\'

ठूलो सङ्ख्यामा नेपालीहरू कार्यरत रहेकोमध्येको एउटा देश कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, \'नेपालीहरू पनि छन् सङ्क्रमणमा तर उनीहरूले (कतार सरकारले) राष्ट्रियता जनाएर तथ्याङ्क नदिँदाखेरि यति नै नेपाली छन् भन्नसक्ने स्थिति छैन।\'

\'बीचबीचमा उहाँहरूले भने अनुसार नेपालीहरू त्यति सिरियस बिरामी त्यति छैनन् सामान्य स्वास्थ्य स्थितिमा छन्। थोरै मान्छेहरू मात्र अस्पताल लगेर उपचार गर्नुपर्ने स्थितिमा छन् भन्ने कुरा गर्नु भएको छ।\'

उनले बेलाबेलामा अनौपचारिक रूपमा विभिन्नखाल विवरणहरू दूतावासमा आए पनि आधिकारिक विवरण नभएकाले कतारमा हालसम्म कति नेपाली कोरोनाभाइरसबाट सङ्क्रमित भए भन्न नसकिने बताए।

भारद्वाजले राष्ट्रियता जनाएर तथ्याङ्क नदिँदा अन्योल उत्पन्न भएको बताए।

दूतावासका अधिकारीहरूका अनुसार कतार सरकारले कुनै पनि देशका नागरिकहरूको राष्ट्रियता नखुलाई उपचार गर्ने नीति लिएको छ।

संयुक्त अरब इमिरेट्स ९यूएई० मा पनि त्यस्तै अवस्था रहेको त्यहाँस्थित नेपाली राजदूतले बताएका छन्।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भने, \'यहाँ पनि विगत एक महिनादेखि राष्ट्रियता खुलाएर कोभिड-१९ सङ्क्रमितहरूको विवरण सार्वजनिक हुन सकेको छैन। जतिखेर नेपालीहरूको यतिलाई सङ्क्रमण भयो भन्ने विवरण आउँथ्यो त्यसबेला हामीलाई सहज थियो।\'

\'हामीलाई के विश्वास छ भने सङ्क्रमितको राष्ट्रियता नखुलाउँदा पनि यूएई सरकारले आफ्ना नागरिक हुन् वा बाहिरका सबैलाई उच्चस्तरीय र निस्शुल्क स्वास्थ्य सेवा दिइरहेको छ र उहाँहरूको राम्रो उपचार भइरहेको छ।\'

नेपाली कामदार रहेका अरब मुलुकहरूमध्ये सबैभन्दा धेरै नेपालीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको भनिएको बहराइनस्थित नेपाली राजदूत पदम सुन्दास गल्फ कोअपरेशन काउन्सिल (जीसीसी) का अधिकांश देशहरूले राष्ट्रियता नखुलाइकन सङ्क्रमितको विवरण सार्वजनिक गर्ने गरेका बताउँछन् ।

बहराइनमा मात्र राष्ट्रियता खुलाइएकाले यहाँ धेरै नेपालीमा सङ्क्रमण देखिएको जस्तो भयो,\' बीबीसीसँग सुन्दासले भने, \'तर अन्यत्र पनि धेरै सङ्क्रमित भएका हुनसक्छन्।\'

उनका अनुसार हालसम्म बहराइनमा १ सय ५७ जना नेपालीमा कोरोनाभाइरस सङ्क्रणम देखिएको छ।

त्यसमध्ये कति निको भइसके र कति उपचाररत छन् भन्ने तथ्याङ्क भने एकरदुई दिनमा आउने सुन्दासले जानकारी दिए।

साउदी अरेबियास्थित नेपाली दूतावासका अधिकारीहरूले पनि कति नेपाली कोरोनाभाइरस सङ्क्रमित छन् भन्ने यकिन जानकारी नभएको बताए।

केहीअघि जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले आफ्नै सम्पर्कका आधारमा सङ्कलित तथ्याङ्कलाई सार्वजनिक गरे पनि त्यो साउदी सरकारले दिएको तथ्याङ्क नभएको उनीहरू बताउँछन्।

खाडी देशमा रहेका नेपाली अधिकारीहरूले पर्याप्त जानकारीका अभावमा कोभिड सङ्क्रमित भनिएका नेपालीहरूको अवस्थाबारे आफूहरूलाई खासै थाहा नभएको पनि उल्लेख गरेका छन्।

कुवेतमा २५ सयभन्दा बढी नेपाली सेल्टरमा
यसैबीच कुवेत सरकारले दिएको आममाफीमा सहभागी भई स्वेदश फर्कन चाहने २५ सयभन्दा बढी नेपालीहरूलाई सरकारी सेल्टरमा राखिएको त्यहाँस्थित दूतावासले जानकारी दिएको छ।

विभिन्न कारणले अवैध बनेका नेपालीहरूलाई कुवेत सरकारले आममाफी दिने सूचना जारी गरेको थियो।

गत एप्रिल २६ देखि ३० एप्रिलसम्ममा नेपालीले पनि त्यस्तो आममाफीमा सहभागी हुन निवेदन दिन पाउने थिए।

त्यसरी सहभागीहरूलाई कुवेत सरकार आफैँले उसकै खर्चमा नेपालसम्म पठाउने जनाएको छ।

कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले भने, \'कुवेत सरकारले आममाफी गर्दा नै तीनवटा कुराहरू भनेको थियो- यसमा सहभागी भएर फर्कादा भिसा नविकरण नगरेबापतको जरिवाना मिनाहा हुन्छ। त्यसरी सहभागी हुनेलाई आफ्नो मुलुकसम्मको हवाई भाडा कामदारले तिर्नुपर्दैन र त्यस्ता कामदारले अन्य कुनै गलत काम गरेका छैनन् भने उहाँहरू फेरि कुवेतमा काम गर्न सक्नुहुनेछ।\'

अहिले सरकारी सेल्टरमा बसिरहेका नेपालीहरूलाई कहिले र कसरी फर्काउने भन्ने निर्णय भइनसकेको भण्डारीले बताए।

कुवेतमा झण्डै ७ हजार नेपाली अवैध रूपमा बसेको बताइन्छ त्यसमध्ये २५ सय भन्दा बढीले आमाफी प्रकृयामा भाग लिने इच्छा व्यक्त गरेका हुन्।

अघिल्लो साता बीबीसीलाई दिएको अन्तरवार्तामा श्रममन्त्री रामेश्वर राय यादवले मध्य जेठबाट कुवेतबाट कामदार फिर्ती सुरु हुने बताएका थिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies