Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

मलेशियामा एघार नेपाली कोरोना सङ्क्रमित : कोही बेरोजगार, कोही जोखिम मोलेरै काम गर्दै

एजेन्सी । कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण काम गर्दै आएको रेष्टुराँ बन्द गरिएपछि गोरखाका राजन गिरी होस्टलमा बसेको डेढ महिना भइसक्यो।

कोरोनाभाइरसको कहर कहिले सकिएला र काम गर्न पाइएला भन्ने आशामा उनको दिन बितिरहेको छ।

गिरी भन्छन्, \'कोरोनाभाइरस साम्य भएपछि खुला गर्ने भनेका छन्। होस्टलमा बस्दा दिक्क लागिसक्यो । न घर जान पाइन्छ, न काम गर्न।\'

तर मलेशियाकै एक आवासीय क्षेत्रमा सुरक्षा गार्डको काम गर्ने तनहुँका मोहन अधिकारीलाई भने भ्याई-नभ्याई छ। मलेशियाले कोरोनाभाइरसको सङ्क्रमण रोक्न मार्च १९ देखि आवागमन नियन्त्रण गरिरहेको छ जसका कारण कैयौँ नेपालीहरूको रोजगारी अन्योलमा परेको छ।

काममा नियमित गइरहेका तनहुँका अधिकारीसहित अन्य नेपालीलाई भने कोरोनाभाइरस सङ्क्रमणको डर छ ।

अधिकारी भन्छन्, \'दैनिक धेरै मानिसहरूको ओहोरदोहोर हुन्छ। भित्र आउनेको तापक्रम जाच्ने काम समेत मैले नै गर्नुपर्छ।\'

\'एउटा मास्क र एक जोर पञ्जाको भरमा काम गर्नुपर्दा सङ्क्रमण हुने पो हो कि भन्ने निकै डर लागिरहेको छ।\'

तीन लाख नेपाली
मलेशियास्थित नेपाली दूतावासका अनुसार त्यहाँ तीन लाख २५ हजार नेपाली वैदेशिक रोजगारीमा छन्।

आवागमन नियन्त्रण गरिएपनि कैयौँ उद्योग र कलकारखानाहरू भने सञ्चालन हुँदै आएका छन्।

विद्युतीय र दैनिक उपभोग्य सामग्री, स्वास्थ्यसम्बन्धी सामग्री र सुरक्षासँग सम्बन्धित उद्योगहरू सञ्चालनमा छन्।

सरकारी अधिकारीहरूका अनुसार सङ्क्रमणबाट जोगिन सामाजिक दूरी, सुरक्षित सेवा र सुरक्षासम्बन्धी अन्य सबै मापदण्ड पालना गरेरमात्रै ती उद्योग सञ्चालन गर्न पाइन्छ।

ती क्षेत्रमा कार्यरत नेपालीहरू कारोनाभाइरस सङ्क्रमणको जोखिममा रहेका छन्।

एघार नेपाली सङ्क्रमित
मलेशियाली स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आइतवार अपरान्हसम्मको तथ्याङ्कअनुसार त्यहाँ कोरोनाभाइरसबाट ६,२९८ जना सङ्क्रमित भएकोमा ४,४१३ जना निको भइसकेका छन्।

सङ्क्रमितमध्ये ८११ विदेशी नागरिक रहेका र तीमध्ये ११ जना नेपाली छन्।

सङ्क्रमित नेपालीमध्ये दुई जना निको भइसकेका छन् भने बाँकी उपचारमा रहेको र उनीहरूको अवस्था सामान्य रहेको नेपाली दूतावासले जनाएको छ।

कोरोनाभाइरसका कारण मलेशियामा हालसम्म १०५ जनाले ज्यान गुमाइसकेका छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies