Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

धार्मिक ग्रन्थ कुरान पाठ गर्दै रोजा बसेका छन् कोरोना सङ्क्रमित मुस्लिमहरु

विराटनगर । कोरोना उपचारमा रहेका मुस्लिमहरु रोजा व्रत बस्दै धार्मिक ग्रन्थ कुरान पाठ गर्नाका साथै प्रत्येक दिन निर्धारित समयमा नमाज पढिरहेका छन् ।

धार्मिक सहिष्णुता देखेर कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ सङक्रमितहरु केन्द्रका सेवा तथा उपचारबाट खुशी छन् । सङ्क्रमितहरु आफ्नो दिनचर्या साधारणरुपमा अन्य समयझैँ व्यतित गरिरहेका छन् । केन्द्रमा यही वैशाख ५ गते बेलुकी उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केबाट ल्याएको कोभिड–१९ पोजेटिभको उपचार शुरु गरिएदेखि आजसम्म ३१ जनाको उपचार भइरहेको छ ।

प्रदेश नं १ सरकारले स्थापना गरेको विराटनगर–१० मा रहेको केन्द्रमा १०० शै्ययामध्ये १० श्ययाको भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेको छ । केन्द्रमा दुई महिला, १२ भारतीयसहित ३१ जनाले दैनिकरुपमा आफ्नो कार्य गरी समय बिताइरहेका छन् । उपचार केन्द्रको व्यवस्थापन, गम्भीरता, हेरचाह, सरसफाइ, व्यवहार, सङ्क्रमितप्रतिको सकारात्मक सोच र जवाफदेहिताबाट उनीहरु केन्द्रको उपचार व्यवस्थापनबाट प्रशन्न रहेका छन् ।

महिलालाई अलग कोठासहित सबैलाई केन्द्रको तल्लो तलामा राखिएको छ । उनीहरुले दैनिकरुपमा आफ्नै कोठामा साधारण व्यायम गर्ने गरेका छन् भने अन्य समयमा केन्द्रले जडान गरेको इन्टरनेटबाट मनोरञ्जन गर्ने गरेका छन् । सङ्क्रमितलाई अहिले साधारण औषधि प्रयोग गर्ने गरिएको छ भने निजहरुले पहिलेदेखि प्रयोग गरिरहेको औषधिसमेत सुचारु नै रहेको छ । मुस्लिम समुदायले आफ्नो समयानुसार नमाज पढ्ने गरेको केन्द्र व्यवस्थापन समितिले जनाएको छ ।

उपचार केन्द्रमा रहेका १७ जना मुस्लिम समुदायले रोजा (व्रत) बसिरहेको केन्द्रका व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। केन्द्रले मुस्लिम समुदायको मागअनुसार धार्मिक ग्रन्थ कुरानको व्यवस्था गरिदिएको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सङ्क्रमितको उपचार सेवामा कुनै कमी हुन नदिने बताउँदै अग्रभागमा कार्य गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्यप्रति सरकारले ध्यान दिएको बताए। उनले सङ्क्रमितको उपचारमा कार्य गर्ने चिकित्सक, स्वास्थ्यकर्मीलाई खाना, बस्न, प्रोत्साहन भत्ता, बीमालगायतको व्यवस्था गरिएको जानकारी दिँदै उनले इस्लाम धर्मावलम्बीहरुको महान् चाड रमजान पर्वको शुभकामना पनि दिए ।

केन्द्रका प्रत्येक कोठामा सिसीटिभी राखिएकाले चिकित्सकले त्यसैबाट अनुगमन गर्ने गरेका छन् भने सङ्क्रमितले आवश्यक परेको बेलामा मोबाइलबाट सम्पर्क गर्ने गरेको संयोजक बस्नेतले जानकारी दिए । सङ्क्रमितहरुमा अहिलेसम्म कुनै समस्या नदेखिएको र साधारणरुपमा बसिरहेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले बताए । उनीहरुमा कुनै खास लक्षणसमेत नदेखिएको डा मिश्राले जानकारी दिए। केन्द्रमा उपचारका लागि चार चिकित्सक, चार नर्स, तीन स्वास्थ्यकर्मी र तीन सफाइ कर्मचारी दैनिक कार्य गरिहेका छन् ।

चिकित्सकले दैनिक ६ घण्टा र नर्स, स्वास्थ्यकर्मी तथा सफाइ कर्मचारीले दैनिक आठ÷आठ घण्टा एक हप्ता उपचार केन्द्रभित्र र बाहिर कार्य गरेपछि १४ दिन क्वारेन्टाइनमा जाने व्यवस्था गरिएको डा मिश्राले बताउनुभयो । उपचारार्थ सङ्क्रमितलाई चिया, कफीलगायत सम्पूर्ण सामग्रीको व्यवस्था गरिएको व्यवस्थापन समितिका सदस्य ध्रुव उराँवले जानकारी दिए।

सङ्क्रमितमध्ये १७ जना मुस्लिम रोजा बसेको हुनाले साँझ ५ः३० बजे खाजा ९इफतार०, साँझ ६ः३० बजे खाना र बिहानको ३ बजे खानुपर्ने खाना ९सेहरी० बेलुकी नै उपलब्ध गराइने गरिएको छ । कोरोना सङ्क्रमितको आज १०औँ रोजा हो । यसलाई पहिलो असरा पनि भनिन्छ । उहाँहरु अझै २० वटा रोजा बस्न बाँकी छ । रमजान महिनालाई १०÷१० दिनको तीन असरामा विभाजन गर्ने परम्परा छ । यसैगरी अन्यका लागि बिहान ८ बजे खाजा, ११ बजे खाना, दिउँसो फलफूल र साँझ ६ः३० बजे खाना उपलब्ध गराइएको सदस्य उराँवले जानकारी दिए ।

सङ्क्रमितलाई खानामा हरियो सागसब्जी, माछामासु, अण्डा एवं मागअनुसार भात र रोटीको व्यवस्था गर्ने गरिएको छ । उनीहरुलाई खानाका लागि होटल इस्र्टन स्टार र रुबिजबाट प्याकेटमा ल्याउने प्रबन्ध मिलाइएको छ । रोगप्रतिरोध क्षमता आर्जनका लागि दैनिक मौसमअनुसारको फलफूल उपलब्ध गराइएको संयोजक बस्नेतले बताए । सङक्रमितले प्रयोग गरेको खानाको प्याकेटसहितको फोहरलाई सङ्क्रमणरहित बनाएर खाल्डोमा पेट्रोलबाट जलाइने गरेको समितिका सदस्य उराँवले जानकारी दिए ।

सङ्क्रमित उपचार गराइरहेका मध्ये पहिलो चरणमा आएका १३ जनाको एकपटक थ्रोट स्वाब नमूना सङ्कलन गरिएको छ भने आज दोस्रो पटक नमूना सङ्कलनको परीक्षणबाट आएको रिपोर्टका आधारमा उनीहरुलाई घर फर्कन दिने सम्बन्धमा छलफल गरिने बताउनुभयो । सङ्क्रमितलाई घर पठाउन दुई पटक स्वाब ९पिसिआर० रिपोर्ट नेगेटिभ आएमा एक हप्ता घरमै क्वारेन्टाइनमा बस्न आग्रहसहित पठाउन सकिने समितिका संयोजक बस्नेतले बताउनुभयो ।

केन्द्रमा स्वास्थ्य सुरक्षाप्रति ध्यान दिई केन्द्रका सम्पूर्ण क्षेत्रमा निर्मलीकरण गर्नाका साथै सङ्क्रमितले प्रयोग गरेका सामान सुरक्षित तरिकाले सङ्क्रमणरहित बनाई व्यवस्थापन गर्ने गरिएकाले अन्य क्षेत्रमा सङ्क्रमण फैलने सम्भावना नरहेको संयोजक बस्नेतले बताए । औषधिको थोक बिक्रेता विराटनगर–१० का राजेशसिंह डङ्गोलले कोभिड–१९ बाट सङ्क्रमित उपचारका लागि खटिने स्वास्थ्यकर्मीलाई उचित प्रोत्साहन दिनुपर्ने बताउँदै केन्द्रको उपचार कार्य सराहनीय छ भने ।

प्रदेश सरकारले कोभिडबाट सङ्क्रमितको उपचारका लागि सुविधासम्पन्न अस्पताल बनाउने निर्णयानुसार विगतको नेशनल ट्रेडिङ लिमिटेडको पुरानो भवनलाई आवश्यक मर्मत सम्भार गरी सुविधासम्पन्न केन्द्र १० दिनभित्रमा तयार गरिएको हो । केन्द्रमा कोशी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले आवश्यक स्वास्थ्य सेवा पु¥याइरहेका छन् । केन्द्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारलाई होटलबाट निःशुल्क खाना व्यवस्था गरिनुका साथै बसोबासका लागि स्थानीय इस्र्टन र रुविज होटल तथा जैन भवनमा व्यवस्था गरिएको छ । – मोहम्मद सदरुल÷मनोज दाहाल, रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending