ललितपुर । ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभा सांसद पम्फा भुसालले कोभिड–१९ को सङ्क्रमण मुलुकमा दिनानुदिन देखिँदै गएका कारण सामाजिक दूरी कायम गरी कृषि उत्पादनलाई अघि बढाउन जोड दिनुपर्ने बताएकी छिन् । ललितपुर महानगरपालिकाले यहाँ आयोजना गरेको ‘ललितपुर क्षेत्र नं २ र ३ का प्रदेश तथा प्रतिनिधिसभाका सांसदहरुबीचको छलफल कार्यक्रम’ मा आज भुसालले कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका धेरै नेपाली स्वदेश फर्कन सक्ने कुरालाई ध्यानमा राखी कृषिमार्फत मुलुकमै रोजगार सिर्जना हुने वातावरण बनाउनुपर्ने औल्याईंन् ।
कार्यक्रममा क्षेत्र नं २ का सांसद कृष्णलाल महर्जनले हालको अवस्थामा दूरी कायम गरी उत्पादनमा लाग्नु सर्वोत्कृष्ट विकल्प रहेको मत व्यक्त गरे । क्षेत्र नं ३ प्रदेशसभाका सभासद राजकाजी महर्जनले किसान तथा श्रमिकले जुनसुकै कार्यथलोमा दूरी कायम गरी कृषि तथा विकास निर्माणको कामलाई अघि बढाउनुपर्ने विचार व्यक्त गरे । क्षेत्र नं २ क सो सभासद माधव पौडेलले बढ्दो शहरीकरणका कारण कौसी खेतीमार्फत तरकारीमा आत्मनिर्भर बन्न सकिने भएकाले यसलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यहाँका बाँझो जमीनमा खेती गराउन निर्देशिका तयारबारे छलफल भइरहेको बताए । सो अवसरमा महानगरपालिकाका उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई, सामाजिक विकास समिति संयोजक दिनेश कार्की, विपत् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवाले, नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले बन्दाबन्दी र यसले सिर्जना गरेको परिस्थितिका विषयमा छलफल गरे ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: