Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार

उदयपर । छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण भागेर जिल्ला भित्रिने क्रम नरोकिएपछि बराहपोखरी गाउँपालिका–४ फाक्टाङको कम्पुघाटमा सञ्चालित झोलुङ्गे पुलमा तार जालीको अग्लो बार लगाउने व्यवस्था गरिएको हो ।

रातको समयमा भित्रिने खोटाङे स्थानीय बासिन्दासँगै कोरोना भाइरसको सङ्क्रमणसमेत भित्रिने खतरा भएकाले हरेक राति झोलुङ्गे पुलमा फलामे तारजालीको छेकाबार लगाउन थालिएको फाक्टाङका वडाध्यक्ष भुबलराज राईले बताए । “दिनमा भित्रिने स्थानीय बासिन्दाको कम्पुघाटमा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेर स्वस्थ रहेका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्ने गरी छाड्ने गरिएको छ”, उनले भने, “दिउँसो आउँदा प्रहरीले रोक्ने डरले रातको समयमा प्रहरीलाई छलेर स्थानीय बासिन्दा जिल्ला भित्रिने क्रम नरोकिएपछि पुलमै ताला लगाइएको हो ।”

फाक्टाङमा निर्माण गरिएको क्वारेन्टाइनमा उदयपुरबाट घर फर्किएका २३ स्थानीय बासिन्दालाई राखिएको जनाइएको छ । कम्पुघाटमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएका प्रहरी र अहेवसहितको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेपछि मात्र स्थानीय बासिन्दालाई गाउँपालिका प्रवेश गर्न दिने गरिएको छ ।

उदयपुरमा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित व्यक्ति भेटिएसँगै आफ्नो क्षेत्रमा फैलन नदिन उच्च सतर्कता अपनाइएको गाउँपालिका उपप्रमुख गोमा मगरले बताए । “उदयपुरसँग हाम्रो गाउँपालिकाका स्थानीय बासिन्दाको नाता सम्बन्धसमेत जोडिएको छ”, उनले भने, “विभिन्न बहानामा हुने आवतजावतले फैलिन सक्ने सङ्क्रमणलाई रोक्न सिमानाको झोलुङ्गे पुलमा बेलुका ५ देखि बिहान ७ बजेसम्म मान्छेले नाघ्नै नसक्ने गरी फलामे तारजाली प्रयोग गरेर ताला लगाउने गरिएको छ ।”

गाउँपालिकासँगै जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहका स्थानीय बासिन्दाको छिमेकी जिल्ला उदयपुरमा व्यवसायसमेत रहेको छ । उदयपुरमा अध्ययन तथा व्यवसाय गर्दै आएका खोटाङेहरु अहिले धमाधम घर फर्कने क्रम जारी छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उदयपुरबाट जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गर्ने निर्णय गरे पनि कार्यान्वयन भएको छैन । जिल्लामा अवश्यक अधिकांश दैैनिक उपभोग्य वस्तु उदयपुरबाटै भित्रिने गरेकाले उदयपुरमा कोरोना सङ्क्रमित भेटिएसँगै खोटाङ पनि उच्च जोखिममा रहेको भन्दै वैशाख ७ गते बसेको समितिको बैठकले नाका बन्द गर्ने निर्णय गरेको थियो ।

दश स्थानीय तह रहेको खोटाङमा विदेशबाट घर फर्किएका ११५ स्थानीय बासिन्दाको आरडिटी तथा १५ व्यक्तिमा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । वैदेशिक रोजगारीको सिलसिलामा गत चैतयता विभिन्न देशबाट घर फर्किएका १० वटै स्थानीय तहका ११५ व्यक्ति आरडिटी तथा १५ व्यक्तिमा पिसिआर परीक्षण गरिएको थियो ।

जिल्लाका १० वटै स्थानीय तहमा गरी ३०४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । सबै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिए पनि विदेशबाट फर्किएर क्वारेन्टाइन बस्नेको सङ्ख्या भने न्यून देखिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending