Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

जिल्ला विपद् व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री सहयोग

बनेपा । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज र काभ्रे सेवा समाजले संयुक्त रुपमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकमार्फत उपलब्ध गराइएको सामग्रीमा एक हजार ५०० जोर पञ्जा, पुनःप्रयोग गर्न मिल्ने पाँच हजार ८३० थान मास्क, स्यानिटाइजर र ज्वरो मापनयन्त्र रहेको छ । उक्त सामग्री जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई शुक्रवार हस्तान्तरण गरेको अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजका कोषाध्यक्ष जेनकुमार लामाले बताए।

उनले भने, “कोरोना भाइरस सङ्क्रमण रोमथाम तथा नियन्त्रणका लागि खटिने सुरक्षाकर्मी र जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीका लागि सहयोग गर्न संस्थाका सदस्यहरुले व्यक्तिगत खर्चमा सो सामग्री खरिद गरी हस्तान्तरण गरेका हौँ ।”

सो अवसरमा प्रजिअ तिमिल्सिनाले प्राप्त सामग्रीले महामारीविरुद्ध दिनरात खटिरहने कार्यमा थप मद्दत पुग्ने बताए ।

यसैबीच उक्त संस्थाले शुक्रबार नै नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखालाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अत्यन्त जोखिमपूर्ण अवस्थामा पनि सूचना, समाचार सम्प्रेषणलगायतका काममा अहोरात्र खट्ने सञ्चारकर्मीहरुका लागि मास्क ५० थान र १०० एमएलको स्यानिटाइजर ५० बोतल महासङ्घका शाखा अध्यक्ष मोतिराम तिमल्सिनालाई हस्तान्तरण गरेको समाजका कोषाध्यक्ष लामाले बताए ।

यसैगरी काभ्रे उद्योग वाणिज्य सङ्घ बनेपाको समन्वयमा निर्माण सामग्री व्यवसायी सङ्घ काभ्रेपलाञ्चोकले एक हजार थान सर्जिकल मास्क जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending