काठमाडौं । कोभिड–१९ को सङ्कट सकिएपछि नेपाल–भारत पर्यटनलाई नयाँ गति दिइने भएको छ । दुई देशबीचको पर्यटन प्रवद्र्धनलाई नयाँ दिशादिन सरोकारवाला निकायले छलफल अघि बढाएका हुन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले भारतका पर्यटन संघ–संस्थाका प्रमुसखहरुसँग नेपाल–भारत पर्यटनलाई कोरोना सङ्कटपछि नयाँ गतिदिने विषयमा अनलाइन छलफल गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।
छलफलमा भारतीय पर्यटनका अगुवा ज्योति मयल, अध्यक्ष भारतीय ट्राभल एजेण्टस एशोसिएशनस पिपि खन्ना अध्यक्ष भारतीय आन्तरिक पर्यटन टुर अपरेटर एशोसिएशनस क्याप्टेन स्वदेश कुमार, अध्यक्ष भारतीय एड्भेन्चर टुर अपरेटर एशोसिएशनस प्रदीप लुल्ला अध्यक्ष, भारतीय ट्राभल एजेण्टस फेडेरेसन र महेन्द्र भखारिया निर्वतमान अध्यक्ष भारतीय आउटबाउण्ड टुर अपरेटर्स एशोसिएशन सहभागी रहेका थिए भने बज भारतीय ट्राभलका प्रमुख सञ्चित जैनले छलफलको समन्वय गरेका थिए ।
बोर्डका कार्यकारी प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले उक्त छलफलमा बोर्डले वर्तमान सङ्कटका समयमा नेपालमा भएका पर्यटकलाई आफ्नो देश फर्किन गरिएको कामका बारेमा जानकारी गराएका थिए। उनले नेपाली पर्यटन उद्योगको क्षति विवरणका लागि सर्भेक्षण गरिरहेको, नेपाल सरकारसँग पर्यटन उद्योगलाई राहत प्याकेजका लागि गरिरहेको पहलकदमीबारे अवगत गराएका थिए । ।
त्यसैगरी नेपाली पर्यटन उद्योगलाई आगामी दिनमा आवश्यक हुने हाइजिन स्यानिटेशनको व्यवस्था, भारतीय बजार लक्षित हिलस्टेशन र मझौला पहाडी भागमा नयाँ पर्यटकिय गन्तब्यको विकासका साथै ती स्थानमा मनोरञ्जनका आयामका लागि बोर्डले गरिरहेको पहलबारेमा पनि जानकारी गराए।
छलफल कोरोना पछिका दिनमा भारतीय पर्यटकको नेपाल भ्रमणका लागि चाहिने आत्मविश्वासका लागि गरिनुपर्नेलगायत विविध अभियानका बारेमा केन्द्रित थियो । सबै सहभागी भारतीय पर्यटनका शीर्ष व्यक्तिले सङ्कटपश्चात् भारतीय पर्यटक भ्रमणमा सामाजिक दूरी र सुरक्षाका विषयमा बढी सचेत हुने बताउँदै नेपालले गन्तव्यमा यसको प्रबन्ध गर्न अनुरोध गरेका थिए । नेपालको यो सङ्कटमा हालसम्म शुून्य मृत्युको अवस्थाले आगामी दिनमा भारतीय बजारमा छुट्टै स्थान बनाउने र नेपालप्रतिको विश्वास अझ बढाउने सहभागीको भनाइ थियो ।
साथै छलफलका क्रममा नेपाली र भारतीय ट्राभल उद्योगले समन्वयमा काम गरी भारतीय पर्यटकलाई नयाँ आत्मविश्वास प्रदान गर्नुपर्ने आवश्यकता पनि औँल्यायो । नेपाली आतिथ्यता र सत्कारलाई नेपाली पर्यटनको आधार भएको मनन गरी नेपालको नयाँ परिचय स्थापित गराउने कार्यलाई तीव्रता दिन पनि सहभागीले विशेष अनुरोध गरेका थिए । बजारीकरण र प्रवद्र्धनका कार्यमा नेपाली र भारतीय समकक्षीको संयुक्त प्रयास गराउन भारतीय पर्यटन सङ्घ–संस्थाले आफ्नो सदस्यलाई सक्रिय गराउने विषय पनि छलफल भएको थियो ।
नेपाल–भारत पर्यटन टास्कफोर्स समिति बनाउन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले गर्नुभएको प्रस्तावलाई आगामी दिनका छलफलले टङ्ग्याउने सहमति भएको छ । बोर्डले आगामी दिनमा भारतीय समकक्षीसँगको छलफललाई तीव्रता दिने र यस किसिमको गन्तव्य वेभिनार संयुक्तरुपमा आयोजना गर्दै जाने निर्णय पनि सो अवसरमा सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: