सोलुखुम्बु । कोभिड–१९को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँका चार हजार ५०० भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ । विभिन्न निकायसँगको विशेष समन्वयमा उनीहरुलाई उद्धार गरिएको सांसद हेमकुमार राईले जानकारी दिए ।
थुलुङदूधकोशी गाउँपालिकाले सबैभन्दा धेरै एक हजार १९८ जना र सबैभन्दा कम सोताङ गाउँपालिकाले २९९ जनाको उद्धार गरेको छ । थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष असीम राई आफैं काठमाडौं पुगेर पालिकाभित्रका नागरिकलाई गाउँसम्म ल्याएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए ।
यस्तै सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पा र उपमेयर कल्पना राईसमेत काठमाडौंमा पुगेर ७९९ जनाको उद्धार गरेको नगरप्रवक्ता सारदामाया तामाङले जानकारी दिए ।
यस्तै जिल्लाको नेचासल्यानले ५९६ जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष डुफकुमार बाँस्तोलाले जानकारी दिए। गाउँपालिका अध्यक्ष आफैं काठमाडौँमा गई उनीहरुको उद्धार गरेर ल्याएको गाउँपालिकाले जनाएको छ ।
माप्यदूधकोशी गाउँपालिकाले ५७० जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए। काठमाडौँमा गठन गरेको सम्पर्क समितिमार्फत विवरण सङ्कलन गरी उनीहरुलाई उद्धार गरिएको उनकोे भनाइ छ ।
जिल्लाको कोशीपारिको गाउँपालिका महाकुलुङले ४७६ जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष सागर किराँतीले जानकारी दिए । यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ३२० जना र लिखु पिके गाउँपालिकाले करिब ३०० जनाको उद्धार गरेको सम्बन्धित गाउँपालिकाले जनाएका छन् ।
वैशाख १२ गतेदेखि जिल्लाका विभिन्न स्थानीय तहले उद्धार कार्य शुरु गरेका थिए । अहिले पहिलो चरणको उद्धार कार्य सकिएको सांसद राई ९शुरवीर०को भनाइ छ । विषम परिस्थितिको सामना गर्नु सबैको कर्तव्य भएको भन्दै उहाँले १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: