Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

दैलेखकाे चार स्थानमा सीमानाकाबन्द

दैलेख । जिल्लाकै विकट गाउँपालिका मानिने महाबु गाउँपालिकाले कोरोना सङ्क्रमणबाट जोगिन आफ्नो पालिकाभित्र प्रवेश गर्ने चार स्थानका सीमानाका एक महिनादेखि बन्द गरेको छ । अतिआवश्यक कामबाहेक आवतजावत रोक्नुका साथै जिल्ला बाहिरबाट आएका व्यक्तिको सीमानाका क्षेत्र ताराघाट, घोडामच्चे, जलजले, गीताचौरलगायत स्थानमा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य जाँच गर्दै आएको छ । जनतामा जनचेतना अभियानलाई प्रभावकारी बनाएको छ ।

आवश्यक काममा वडाध्यक्षको सिफारिश अनिवार्य गरिएको छ । त्यसबाहेक कसैले पनि ओहोरदोहोर गर्न पाएका छैनन् । बाहिरबाट आएकाको स्वास्थ्य जाँच गरी होम क्वारेन्टाइनमा पठाउने काम पनि भएको छ । मजदुरी गर्न भारत जानुपर्ने त्यहाँका अधिकांश मानिसलाई बाध्यता छ । भारतबाट आएकालाई १४ दिन क्वारेन्टाइनको बसाइ पूरा गरेर पायक पर्ने ठाउँमा स्वास्थ्यकर्मी निगारानीमा घरमै बस्न भनिएको छ ।

पालिकाको तर्फबाट सुर्खेत जिल्लाको सिमाना गुराँसेमा हेल्प डेस्क स्थापना गरेर जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख रमेश दशौदीले जानकारी दिए । गाउँपालिकाभित्रका विभिन्न कामले जिल्ला बाहिर अलपत्र परेका नागरिकको उद्धार गर्ने कामलाई पनि गाउँपालिकाले तीव्रता दिएको छ । लकडाउन अवधिभर महावुले करिब ४५० भन्दा बढी नागरिकलाई घर ल्याइएको छ । बाँकी अलपत्र नागरिकको उद्धारमा गाउँपालिका लागि परिरहेको छ । गाउँपालिकाले विपद् कोषका लागि रु ५० लाख रकम विनियोजन गरी कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक अभियानसमेत सञ्चालन गरेको छ ।

महावु गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले विनियोजित रकममध्ये क्वारेन्टाइन निर्माण, औषधि खरिद, स्वास्थ्यकर्मीलाई आवश्यक सामग्रीलगायतमा खर्च गरेको जानकारी दिए । उनले दुई हजार ७०० घरपरिवार गरिब, असाहायको तथ्याङ्क सङ्कलन गरेर आर्थिक अवस्था कमजोर भएका गाउँपालिकाका एक हजार ५०० परिवारलाई राहत वितरण गरिसकिएको अध्यक्ष शाहीले बताए ।

कोरोना सङ्क्रमणबाट जोगिनका लागि पालिकाभरि ६० कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवकसँगै निर्वाचित जनप्रतिनिधि पनि निरन्तर काममा खटिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढाले बताए । सामाजिक सेवा केन्द्र सोसेकले १५ घरधुरीलाई राहत दिएको अरू सबै गाउँपालिकाकै रकमबाट राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले जानकारी दिनुभयो । औषधि र स्वास्थ्य सामग्री गरेर रु १० लाख रकम खर्च भएको मल्लको बताए ।

“गाउँपालिकाका नौ सामुदायिक स्वास्थ्य संस्थाबाट जनतालाई स्वास्थ्य सेवा प्रदान गरेका छौँ । सुरक्षा निकायको भूमिका पनि महत्वपूर्ण रहेको छ”, गाउँपालिकाका अधिकृत भक्तबहादुर मल्लले भने, “सबै स्थानमा स्वास्थ्य सामग्रीको व्यवस्थापन गरेका छौँ, एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । गाउँपालिकाले ९० श्ययाको क्वारेन्टाइन र ११ श्ययाको आइसोलेसनकक्ष तयार गरेको सूचना प्रविधि अधिकृत टीका रोकायले जानकारी दिए । गाउँपालिकाका जनताको व्यक्तिगत सरसफाइका लागि एक व्यक्ति एक मास्क, एक घर एक साबुन अभियान थालिएको छ । भारत वा तेस्रो मुलुकबाट आएकामध्ये ४४ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies