सुर्खेत । लकडाउनले कर्णाली प्रदेशका कुखुरापालक किसान व्यवसाय धरापमा परेका छन् । कुखुरा तथा अण्डा खपतको प्रमुख क्षेत्र नै बन्द भएपछि कुखुरापालक किसानको व्यवसाय डुब्ने अवस्थामा पुगेको हो । सबैभन्दा बढी कुखुरा खपत हुने कर्णाली प्रदेशको राजधानी सुर्खेतका होटल तथा बजार लकडाउनका कारण बन्द भएपछि कुखुरापालक किसानको व्यवसायमा धरापमा परेको कुखुरापालक व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष जनक ढकालले राससलाई जानकारी दिए । “लकडाउनले कुखुरा व्यवसायी सकिए भने हुन्छ”, अध्यक्ष ढकालले भने, “न दाना र चल्ला आयात गर्न पाइएको छ न त उत्पादित कुखुरा बजारमा बेच्न नै ।”
लकडाउनले विद्यालय, विश्वविद्यालय, सरकारी तथा गैरसरकारी सङ्घसंस्थासहित सिङ्गो खपत क्षेत्र बन्द छ । यो बन्दले यतिबेला कुखुरा व्यवसायी मर्नुपरेको उनले दुखेसो पोखे । छिटपुट गाउँ नजिकका कुखुरा उत्पादक किसानले बिक्री गरेपनि पूर्णतः यो व्यवसाय ठप्प भएको उनले बताए । “अण्डा दैनिक करिब ४० हजार बजारमा जान्थ्यो । अहिले त्यो पूर्णरूपले रोकिएको छ । सुर्खेतमै ३०–३२ हजार कुखुरा उत्पादन हुन्थ्यो । त्यो अवस्थामा निकै गिरावट आएको छ”, उनले भने ।
अध्यक्ष ढकालले भने, “एकातिर बजार बन्द र अर्कोतिर सही उपचार नपाएर कुखुरा नष्ट भए । यसबाट यहाँका कुखुरा व्यवसायीले लकडाउनको पाँच हप्तामा रु तीन करोडको घाटा व्यहोर्नुपरेको छ ।” लडकडाउनले निर्वाहमुखी व्यवसाय गरिरहेका यहाँका कुखुरापालक व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उनको भनाइ थियो ।
राज्यले निर्वाहमुखी व्यवसायलाई व्यावसायिक नबनाउञ्जेलसम्म यहाँका किसानको उन्नति नहुने उनको दाबी थियो । अहिले भने कृषि मन्त्रालयको सहजीकरणमा अण्डा तथा मासु बजारमा निर्यात गर्न सहयोग पुगेको उनले जनाए। एकसाता अघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णाली प्रदेशमा बसेको बैठकले कुखुरा र अण्डाको न्यूनतम लागत मूल्याङ्कन गरी मारमा परेका कुखुरापालक किसानलाई सहयोग गर्ने आश्वासन मिलेको अध्यक्ष ढकालको भनाइ थियो ।
कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले लकडाउनले कृषि तथा पशुपक्षीजन्य वस्तु उत्पादक किसानको समस्या समाधानका लागि मन्त्रालयका निमित्त सचिव हरिप्रसाद पण्डित संंयोजकत्वको कार्यदल गठन भएको जानकारी दिए । कृषि तथा पशुपक्षी विकास निर्देशनालयमा ¥र्यारेस्पोन्स सेन्टर स्थापना गरेर लकडाउन अवधिमा किसानका तत्कालका समस्या हल गर्दै आएको भन्दै मन्त्री केसीले आगामी वर्षदेखि बाँझो जमिनको उपयोग, व्यावसायिक कृषि केन्द्रित नीति तथा कार्यक्रम ल्याइने बताएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: